बाँके अदालतका पाँच कर्मचारीमा कोरोना  « Khabarhub

बाँके अदालतका पाँच कर्मचारीमा कोरोना 


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा अदालतका पाँच जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला अदालत बाँकेका पाँच जनामा आइतबार कोरोना पुष्टि भएको हो। त्यस्तै राँझास्थित आर्मी अस्पतालका चिकित्सकलाई पनि कोरोना पुष्टि भएको छ।

अदालतका कर्मचारीसहित १२ जनामा कोरोना देखिएको छ। कोरोना संक्रमित हुनेमा बाँके जिल्लाका स्थायी निवासी ७ जना रहेका छन्।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आर्मी अस्पतालका चिकित्सकसहित तीन जना, जिल्ला अदालतका पाँच जना, खजुराका एकजना, दाङका नेपाली सेना एकजना, टीकापुरका चिकित्सकसहित दुई जनामा कोरोना देखिएको हो।

समुदायमा कोरोना फैलिएको भन्दै बाँकेमा तीन दिन निषेधाज्ञा जारी गरिएकाे छ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : ३९ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक