नेप्से ४३ अंकले घट्यो « Khabarhub

नेप्से ४३ अंकले घट्यो


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै ४३ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४२.७८ अंक घटेर एक हजार ३९६.७८ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ८.१९ ले घटेर २९२.७७ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूूल १८९ कम्पनीको ४६ लाख ६१ हजार ६०८ कित्ता शेयर रु एक अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४१.४८, व्यापार १६.७, होटल ७१.४३, विकास बैंक ५४.४, जलविद्युत् १४.४१, वित्त १४.२५, निर्जीवन बीमा २३१.६६, उत्पादन ६६.६२, अन्य १२.२६, लघुवित्त ७४.७७, जीवन बीमा २८३ र सामूहिक लगानी कोष ०.०७ ले घटेको छ ।

कारोवारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु २२ करोड ६५ लाख १७ हजार ७५ बराबरको कारोवार भयो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड ५६ लाख ८२ हजार ५४३, एनएमबी बैंक रु आठ करोड ४१ लाख ७२ हजार ८६५, हिमालयन डिस्टिलरी रु सात करोड ३५ लाख १२ हजार २५६, एनआइसी एशिया बैंक रु छ करोड ९९ लाख २६ हजार ३५०, र शिखर इन्स्योरेन्स कम्पनीको रु छ करोड ४१ लाख चार हजार १५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज चौतारी लघुवित्त ९.९८, अजोड इन्स्योरेन्स ९.९७, नेपाल फाइनान्स ९.६३, छ्याङदी हाइड्रोपावरका शेयरधनीले ९.४१ प्रतिशतले कमाए । त्यस्तै, जोशी हाइड्रो पावर ९.७२, ओरियन्टल होटल ७.८८, हिमालन ऊर्जा ७.८४, खानीखोला हाइड्रोपावर ७.२७, तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ६.४९ प्रतिशतले कमाए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : ४७ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक