देवघाटमा दाहसंस्कारका लागि दाउरा अभाव | Khabarhub Khabarhub

देवघाटमा दाहसंस्कारका लागि दाउरा अभाव


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- सालको काठ दाउरा ढुवानीमा रोक लागेसँगै पवित्र तीर्थस्थल देवघाटमा शव दाहसंस्कार गर्न दाउराको अभाव भएको छ ।

सरकारले तराईका जिल्लामा काठमा अनियमितता भएको भन्दै ढुवानीमा रोक लगाएपछि अभाव भएको हो ।

देवघाट क्षेत्र विकास समितिले गत चैत १० गते जिल्ला वन पैदावर आपूर्ति समिति नवलपरासीबाट सालको दाउरा खरिद गरी ल्याउने तयारी गर्दै गर्दा लकडाउनले रोकिएको थियो ।

समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार चैत ६ गते खरिद गरेर १० गते छोडपूर्जी समेत प्राप्त भएको भए पनि ल्याउन सकिएको थिएन । पछि जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले सालका काठ दाउरा ढुवानीमा रोक लगाएपछि ल्याउन नपाईएको उनले बताए । ्उ

समितिले रु आठ लाख ८३ हजार भुक्तानी गरी ५० चट्टा दाउरा खरिद गरेको थियो । पौडेलले भने, “दाउरा किन्यौँ, ल्याउने बेलामा लकडाउन भयो । पछि सरकारले नै रोक लगायो ।”

दाहसंस्कारका लागि अब १५ देखि २० दिनका लागि मात्रै दाउरा भएको उनले बताए । त्यसपछि दाउराको अभाव हुनेछ ।

एक चट्टा दाउराले १४ वटासम्म शव दाहसंस्कार गर्न पुग्ने गर्दछ । देवघाटमा दैनिक १०/१२ वटा शव आउने गर्दछन् । यो क्षेत्रीयस्तरको दाहसंस्कार स्थल हो । चितवन र आसपासका जिल्लाबाट दाहसंस्कारका लागि यहाँ ल्याउने गरिन्छ ।

समितिले वन मन्त्री, सचिवलगायत सरोकारवालासँग यस बारेमा जानकारी गराएको भए पनि मन्त्रिपरिषद्को निर्णय भएका कारण फुकुवा हुन सकेको छैन ।

दाहसंस्कार अत्यावश्यक भएकाले यसलाई तत्काल निकास दिन समितिले आग्रह गरेको छ । दाहसंस्कारका लागि ओभानो र राम्रो बल्ने भएकाले सालको दाउरा प्रयोग गरिन्छ ।

समितिले वर्षेनी रु ८० लाख हाराहारीको दाउरा खरिद गर्ने गरेको छ । देवघाटमा अन्त्येष्टि गरेमा पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

ग्रामीण क्षेत्रबाट आउने कतिपयले घरबाटै दाउरा ल्याउने भए पनि अधिकांशले त्यहीँ किनेर अन्त्येष्टि गर्ने गर्छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : २३ बजे

दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकार कार्यान्वयन आवश्यक : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा

विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौं – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने विषयमा छलफल

काठमाडौं– प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको

फ्रान्स र नेदरल्याण्डले युक्रेनलाई दियो फाइटर जहाज

किभ– फ्रान्स र नेदरल्याण्डले युक्रेनलाई अत्याधुनिक लडाकु विमान दिएको छ

‘पूर्णबहादुरको सारङ्गी’ले मनायो १०० दिन, कीर्तिमानी व्यापार

काठमाडौं – गएको कात्तिक १५ (लक्ष्मीपूजा) देखि प्रदर्शनमा आएको फिल्म