देवघाटमा दाहसंस्कारका लागि दाउरा अभाव « Khabarhub

देवघाटमा दाहसंस्कारका लागि दाउरा अभाव


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- सालको काठ दाउरा ढुवानीमा रोक लागेसँगै पवित्र तीर्थस्थल देवघाटमा शव दाहसंस्कार गर्न दाउराको अभाव भएको छ ।

सरकारले तराईका जिल्लामा काठमा अनियमितता भएको भन्दै ढुवानीमा रोक लगाएपछि अभाव भएको हो ।

देवघाट क्षेत्र विकास समितिले गत चैत १० गते जिल्ला वन पैदावर आपूर्ति समिति नवलपरासीबाट सालको दाउरा खरिद गरी ल्याउने तयारी गर्दै गर्दा लकडाउनले रोकिएको थियो ।

समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार चैत ६ गते खरिद गरेर १० गते छोडपूर्जी समेत प्राप्त भएको भए पनि ल्याउन सकिएको थिएन । पछि जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले सालका काठ दाउरा ढुवानीमा रोक लगाएपछि ल्याउन नपाईएको उनले बताए । ्उ

समितिले रु आठ लाख ८३ हजार भुक्तानी गरी ५० चट्टा दाउरा खरिद गरेको थियो । पौडेलले भने, “दाउरा किन्यौँ, ल्याउने बेलामा लकडाउन भयो । पछि सरकारले नै रोक लगायो ।”

दाहसंस्कारका लागि अब १५ देखि २० दिनका लागि मात्रै दाउरा भएको उनले बताए । त्यसपछि दाउराको अभाव हुनेछ ।

एक चट्टा दाउराले १४ वटासम्म शव दाहसंस्कार गर्न पुग्ने गर्दछ । देवघाटमा दैनिक १०/१२ वटा शव आउने गर्दछन् । यो क्षेत्रीयस्तरको दाहसंस्कार स्थल हो । चितवन र आसपासका जिल्लाबाट दाहसंस्कारका लागि यहाँ ल्याउने गरिन्छ ।

समितिले वन मन्त्री, सचिवलगायत सरोकारवालासँग यस बारेमा जानकारी गराएको भए पनि मन्त्रिपरिषद्को निर्णय भएका कारण फुकुवा हुन सकेको छैन ।

दाहसंस्कार अत्यावश्यक भएकाले यसलाई तत्काल निकास दिन समितिले आग्रह गरेको छ । दाहसंस्कारका लागि ओभानो र राम्रो बल्ने भएकाले सालको दाउरा प्रयोग गरिन्छ ।

समितिले वर्षेनी रु ८० लाख हाराहारीको दाउरा खरिद गर्ने गरेको छ । देवघाटमा अन्त्येष्टि गरेमा पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

ग्रामीण क्षेत्रबाट आउने कतिपयले घरबाटै दाउरा ल्याउने भए पनि अधिकांशले त्यहीँ किनेर अन्त्येष्टि गर्ने गर्छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : २३ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल