कोरोना संक्रमित बढेपछि राजविराजको हटिया सिल « Khabarhub

कोरोना संक्रमित बढेपछि राजविराजको हटिया सिल


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- कोरोनाको सङ्क्रमण बढ्नेक्रम नरोकिएपछि स्थानीय युवाको पहलमा राजविराजको हटिया आजदेखि अनिश्चित तकालका लागि सिल गरिएको छ ।

सप्तरीको राजविराज नगरपालिका–७ स्थित गुद्री हटिया प्रवेश गर्ने सबै नाका बन्द गरिएको सप्तरी युथ नेपालका विष्णुु यादवले जानकारी दिए । राजविराजको चतुर्भुज मार्केट अगाडि ‘प्रवेश निषेध’ को ब्यानर लगाउँदै युवाले हटिया सिल गरिएको उनले बताए ।

शनिबार सार्वजनिक भएको पीसीआर रिपोर्टअनुसार राजविराज–७ मा दुई र हालसम्म छ जनालाई कोरोना सङ्क्रमण देखिएपछि हटिया बन्द गरिएको स्थानीयवासीले बताएका छन् ।

सोमबार हुने रक्षाबन्धनका लागि भीडभाड हुन नदिन हटिया प्रवेश गरिने नौ मुख्य प्रवेशद्वारमा प्रवेश निषेधको ब्यानर झुण्ड्याएर हटियालाई निषेधित क्षेत्र घोषणा समेत गरेका छन् ।

राजविराजमा कोरानाका कारण साउन १ गते एकजना व्यापारीको मृत्यु भएर उनको परिवारका सदस्य हुँदै समुदायमै सङ्क्रमण फैलिएपछि नगरपालिकाले लकडाउन तथा स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेका छन् ।

शनिबारको रिपोर्टअनुसार वडा नं ७ का ५५ र ४० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । यसबाहेक नगर क्षेत्रमा मात्रै शनिबार १८ जना सङ्क्रमित थपिएका छन् ।

स्थानीय युवाले त्रासको वातावरण अरू मानिसमा नहोस् भन्दै हटिया सिल गरी बन्द गराउनु परेको जनाएका छन् ।

ग्रिन नेपालका संयोजक खेलानन्द दासले राजविराज नगर क्षेत्रमा कोरोना सङ्क्रमणको त्रास नरोकिएसम्म हटिया सञ्चालन गर्न नदिने जानकारी दिए । राजविराज नगरपालिकाले ७ गतेदेखि नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन र स्थानीय प्रशासनले पनि साउन ८ गतेदेखि राजविराजमा निषेधित क्षेत्र घोषणा गरेका छन् भने वडा नं ६ सिरहारोडमा अनिश्चितकालीन निषेधाज्ञासमेत आदेश जारी गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ३७ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै