सरकारको सफलता कर्मचारीको भूमिकामा निर्भर : मुख्यमन्त्री गुरुङ « Khabarhub

सरकारको सफलता कर्मचारीको भूमिकामा निर्भर : मुख्यमन्त्री गुरुङ


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको सफलतामा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु नेपालको स्वागत कार्यक्रममा उनले सरकारका नीति गत निर्णयलाई कार्यान्वयनमा लैजाने दायित्व एवं जिम्मेवारी कर्मचारी प्रशासनमा रहने उल्लेख गरे ।

राम्रो काम गर्ने कर्मचारीको उचित मूल्याङ्कन हुने बताउँदै उनले जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याए ।

जनताले चाहेअनुसार सार्वजनिक प्रशासन छिटोछरितो एवं पारदर्शी हुनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको समग्र विकासका लागि दक्ष जनशक्ति आवश्यक भएको बताए।

प्रदेश प्रमुख सचिव विष्णु नेपालले आफ्नो योग्यता तथा दक्षतालाई अधिकतम उपयोग गर्दै सरकारका कामको प्रभावकारिता बढाउन लाग्ने धारणा व्यक्त गरे ।

सरकारको सफलताको लागि सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उनले जिम्मेवारितालाई आत्मसात गर्दै क्रियाशील बन्न कर्मचारी वर्गलाई आग्रह गरे ।

सो अवसरमा प्रमुख सचिव नेपाललाई मुख्यमन्त्री गुरुङ, मन्त्री तथा सरकारका उच्च पदस्थ अधिकारीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १० : ५५ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल