सरकारको सफलता कर्मचारीको भूमिकामा निर्भर : मुख्यमन्त्री गुरुङ | Khabarhub Khabarhub

सरकारको सफलता कर्मचारीको भूमिकामा निर्भर : मुख्यमन्त्री गुरुङ


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको सफलतामा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु नेपालको स्वागत कार्यक्रममा उनले सरकारका नीति गत निर्णयलाई कार्यान्वयनमा लैजाने दायित्व एवं जिम्मेवारी कर्मचारी प्रशासनमा रहने उल्लेख गरे ।

राम्रो काम गर्ने कर्मचारीको उचित मूल्याङ्कन हुने बताउँदै उनले जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याए ।

जनताले चाहेअनुसार सार्वजनिक प्रशासन छिटोछरितो एवं पारदर्शी हुनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको समग्र विकासका लागि दक्ष जनशक्ति आवश्यक भएको बताए।

प्रदेश प्रमुख सचिव विष्णु नेपालले आफ्नो योग्यता तथा दक्षतालाई अधिकतम उपयोग गर्दै सरकारका कामको प्रभावकारिता बढाउन लाग्ने धारणा व्यक्त गरे ।

सरकारको सफलताको लागि सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उनले जिम्मेवारितालाई आत्मसात गर्दै क्रियाशील बन्न कर्मचारी वर्गलाई आग्रह गरे ।

सो अवसरमा प्रमुख सचिव नेपाललाई मुख्यमन्त्री गुरुङ, मन्त्री तथा सरकारका उच्च पदस्थ अधिकारीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १० : ५५ बजे

जेनजी प्रदर्शनका क्रममा काठमाडौं महानगरमा ६३ लाखको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

सुर्खेतमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

सुर्खेत – पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

सिरहा – लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया,

दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको सार्वजनिक बिदामा पनि २४

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौं – नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखको भौतिक