जनैपूर्णिमा : धुलिखेल र मण्डनदेउपुरमा सार्वजनिक बिदा « Khabarhub

जनैपूर्णिमा : धुलिखेल र मण्डनदेउपुरमा सार्वजनिक बिदा


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- धुलिखेल र मण्डनदेउपुर नगरपालिकाले भोलि जुनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएको छ ।

ती नगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै भोलि १९ गते रक्षा बन्धन (जनै पूर्णिमा) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका हुन् ।

नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थालगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय एवं सङ्घसंस्थालाई सार्वजनिक बिदा दिने मण्डनदेउपुर नगरपालिका प्रवक्ता एवं वडा नं ६ का वडाध्यक्ष डिल्लाप्रसाद आचार्यले बताए ।

त्यस्तै धुलिखेल नगरपालिकाले २० गते पनि गाईजात्रा पर्वको दिन सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहने जनाएको छ ।

यसअघि पाँचखाल नगरपालिकाले पनि जनै पूर्णिमा र गाईजात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : ४४ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको