जनैपूर्णिमा : धुलिखेल र मण्डनदेउपुरमा सार्वजनिक बिदा « Khabarhub

जनैपूर्णिमा : धुलिखेल र मण्डनदेउपुरमा सार्वजनिक बिदा


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- धुलिखेल र मण्डनदेउपुर नगरपालिकाले भोलि जुनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएको छ ।

ती नगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै भोलि १९ गते रक्षा बन्धन (जनै पूर्णिमा) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका हुन् ।

नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थालगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय एवं सङ्घसंस्थालाई सार्वजनिक बिदा दिने मण्डनदेउपुर नगरपालिका प्रवक्ता एवं वडा नं ६ का वडाध्यक्ष डिल्लाप्रसाद आचार्यले बताए ।

त्यस्तै धुलिखेल नगरपालिकाले २० गते पनि गाईजात्रा पर्वको दिन सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहने जनाएको छ ।

यसअघि पाँचखाल नगरपालिकाले पनि जनै पूर्णिमा र गाईजात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : ४४ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल