अदालतप्रतिको जनआस्था कमजोर नपार्न बारको अपिल | Khabarhub Khabarhub

अदालतप्रतिको जनआस्था कमजोर नपार्न बारको अपिल


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बार एसोसिएसनले अदालतप्रतिको जनआस्था कमजोर पार्ने किसिमका गतिविधिमा नलाग्न अपिल गरेको छ ।

बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “अदालत सधैँ जनआस्थामा टिकेको हुन्छ, नागरिकको अदालतप्रतिको आस्था टुट्न गएमा मौलिक हकको प्रचलन दुरुह हुने त छँदैछ, साथै लोकतान्त्रिक शासन व्यवस्थाप्रति नै अनास्था फैलिने र अन्ततः कानूनविहीनता र मत्स्य न्यायको स्थिति सिर्जना हुन जान्छ ।”

न्यायपालिकाले स्वतन्त्रता, सक्षमता, निष्पक्षता तथा न्यायिक सद्विवेकका आधारमा कानूनबमोजिम न्याय सम्पादन गर्नुपर्नेमा कुनै विवाद हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा कहिलेकाहीँ कुनै अदालतबाट भएका आदेश, फैसलालाई लिएर विभिन्न सञ्चारमाध्यमहरुबाट प्रकाशित हुने गरेको पाइएबाट उल्लेख भएअनुसार काम कारवाही नभई राखेको भन्ने बारलाई पनि महसुस भएको उल्लेख छ ।

“अदालतको सहयोगी, अदालतको स्वतन्त्रता, सक्षमता, निष्पक्षताको पक्षमा विकृति, विसङ्गतिविरुद्ध सधैँ आवाज उठाइरहने संस्था बार मूकदर्शक भएर रहन सक्दैन”, विज्ञप्तिमा भनिएको छ, “बारको साउन १६ गते बसेको बैठकले देशभरका अदालतबाट विकृति, विसगङ्तिजन्य आदेश तथा फैसला कुनै भएको भन्ने पाइएमा सो विषयमा अध्ययन गरी सम्बन्धित निकायमा आवश्यक कार्यार्थ लेखी पठाउने निर्णय भएको छ ।”

कानूनबमोजिम न्यायपूर्ण फैसला हुनुपर्दछ भन्नेमा नेपाल बार एसोसिएसन सधैँ दृढ रही समय–समयमा सर्वोच्च अदालत र न्याय परिषद्समक्ष ध्यानाकर्षण गराउँदै आएको र त्रुटिको गम्भीरता हेरी नेपाल बार एसोसिएसन स्वयं पनि आन्दोलनमा सरिक भएको विगत पनि बारले स्मरण गराएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : ५८ बजे

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन