सुनकाण्डमा मुछिएका दुई प्रहरीलाई संगठित अपराध मुद्दामा म्याद थप « Khabarhub

सुनकाण्डमा मुछिएका दुई प्रहरीलाई संगठित अपराध मुद्दामा म्याद थप


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  साढे १४ केजी चाँदी र आधा किलो सुन प्रकरणमा दुई प्रहरी जवानलाई ‘संगठित अपराध’ मुद्दामा अनुसन्धान थालिएको छ ।

दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर सिंह कठायत र प्रशन्न श्रेष्ठलाई संगठित सुन तस्करी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

‘अदालतबाट संगठित मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी ज्ञवालीले भने, ‘सो अपराधमा जोडिएका अरुलाई पनि संगठित मुद्धामा अनुसन्धान हुन्छ।’

उनीहरुले सुराकीसँग मिलेर कारोबारीलाई भगाएको आरोप छ ।

जिल्ला अदालत काठमाडौंले आइबार उनिहरुलाई हिरासतमा राखेर संगठित सुन तस्करी मुद्दामा अनुसन्धान गर्न अनुमति दिएको हो ।

कठायत दरबारमार्गका सीआरभी (कम्प्याक रिक्रेशनल भेहिकल) चालक हुन् भने प्रशन्न श्रेष्ठ सिभिल टिममा कार्यरत थिए ।

घटना लगत्तै उनीहरुलाई आन्तरिक रुपमा नियन्त्रणमा लिएर सोधपुछ थालिए पनि आइतबार मात्र पक्राउ पूर्जी दिइएको हो ।

सुन प्रकरणमा देवान पटेल, विजय पटेल, निलेश पटेल, कौशल पठेल, उमेश श्रेष्ठ, मनिष मल्लिक र सन्दिप गुरुङ यसअघि नै पक्राउ परिसकेका थिए ।

पक्राउपर्ने मध्ये गुरुङ तस्कर समूहले नागढुंगाबाट भाग्न प्रयोग गरेको ट्याक्सीका चालक हुन् ।

घटनापछि महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहाल पनि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा तानिएका छन् ।

यो पनि पढौं

सुन प्रकरण नयाँ मोडमा, थप रहस्यमय बन्दै घटना 

१५ किलो धातु प्रकरण : दरबारमार्गका डीएसपी दाहाल सरुवा 

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १० : १८ बजे

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण