मानिसलाई बाँदरसँगै पिँजडामा राखेकोमा न्यूयोर्कको चिडियाखानाले १०० वर्षपछि माफी माग्यो « Khabarhub

मानिसलाई बाँदरसँगै पिँजडामा राखेकोमा न्यूयोर्कको चिडियाखानाले १०० वर्षपछि माफी माग्यो


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बाँदर राख्ने पिँजडामा एक अफ्रिकी किशोरलाई राखिएको समाचारले चर्चा पाएको एक शताब्दीपछि न्यूयोर्कको ब्रंक्स चिडियाखानाले क्षमायाचना गरेको छ।

वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले सन् १९०६ मा बेङ्घालाई आफ्नो प्रदर्शनीमा राखिएकोमा माफी मागेको हो। सोसाइटीले यसअघि यो विषयलाई बेवास्ता गर्दै आएको थियो।

सन् १९०६ सेप्टेम्बर ९ मा चिडियाखानामा राखिएको दिनदेखि सेप्टेम्बर २८ मा रिहा नहुन्जेलसम्म बेङ्घाको समाचारको युरोप र अमेरिकामा निकै चर्चा भएको थियो।

उक्त प्रकरणलाई सोसाइटीले सय वर्षसम्म ढाकछोप गर्न खोजेको थियो।

उसले वास्तविकभन्दा मिथ्या विवरण दिएको र गलत विवरणलाई पनि वर्षौँसम्म नसच्याएको देखिन्छ।

चिडियाखानाले सन् १९०६ मा एक पत्रमा बेङ्घा चिडियाखानाको कर्मचारी रहेको मिथ्या विवरण दिएको देखिन्छ।

दशकौँसम्म त्यो प्रपञ्चले काम गरेको थियो।

ओटो बेङ्घा को थिए?

‘स्पेक्टेकल: द एस्टनीसीङ लाइफ अफ अटो बेङ्घा’ पुस्तकका अनुसार:

त्यसबेलाको बेल्जीयन कङ्गोबाट अमेरिकी व्यापारी स्यामुएल भेर्नरले सन् १९०४ को मार्चमा उनलाई बन्धक बनाएका थिए। उनको वास्तविक उमेर यकिन छैन। उनी १२ वा १३ वर्षका भएको अनुमान गरिन्छ।

पानीजहाजबाट उनलाई न्यू ओर्लिन्स पुर्याइएको थियो र त्यो वर्ष सेन्ट लुइसमा आयोजित मेलामा प्रदर्शनीमा राखिएको थियो।

जाडो महिनामा चलेको मेलामा उनी र अन्य आठ जनालाई पर्याप्त कपडा र अवासबिना राखिएको थियो।

सेप्टेम्बर १९०६ मा उनलाई न्यूयोर्कको ब्रंक्स चिडियाखानामा उनलाई २० दिन प्रदर्शनीमा राखिएको थियो।

बन्धक बनाएकोमा इसाई धार्मिक नेताबाट विरोध भएपछि उनलाई न्यूयोर्कको एक आश्रयस्थलमा राखिएको थियो।

सन् १९१० ज्यानुअरीमा उनी भर्जिनिया पुगेका थिए।

सन १९१६ मा उनले आत्महत्या गरेका थिए।

सन् १९७४ मा उक्त चिडियाखानाका क्युरेटर विलीयम ब्रिजेजले त्यसबेला के भएको थियो ठ्याक्कै थाहा नभएको दाबी गरेका थिए।

आफ्नो पुस्तकमा उनले लेखेका थिए, “अटो बेङ्घालाई के आश्चर्यजनक वा दुर्लभ जनावर जसरी प्रदर्शनीमा राखिएको थियो?”

चिडियाखानाको पुराना अभिलेख हेर्ने जिम्मा पाएका उनी नै उक्त प्रश्नको सबैभन्दा राम्रो जबाफ दिनसक्ने व्यक्ति थिए।

“उनलाई पिँजडामा निश्चित समय प्रदर्शनीमा राख्नु अमिल्दो देखिन्छ,” उनले अभिलेखलाई बेवास्ता गर्दै लेखेका थिए।

भारी हतियारबाट सुसज्जित भएर कङ्गो पुगेर अटो बेङ्घा र अरूलाई बन्धक बनाएर भेर्नरका नातिले सन् १९९२ मा सह-लेखन गरेको पुस्तकमा पनि मिथ्या विवरण दिइएको छ।

उक्त पुस्तकमा भेर्नर र बेङ्घाबीच मित्रताको चर्चा गरिएको छ। बेङ्घाले आफूलाई बन्धक बनाउँदा विरोध गरेपनि न्यूयोर्कमा प्रदर्शनमा सहभागी हुँदा खुसी भएको लेखिएको छ। बीबीसीबाट

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : १० बजे

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी

विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका

अफगान प्रहरीले महिलामाथि गरेको दमनको राष्ट्रसङ्घीय विज्ञद्वारा निन्दा

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी सहर

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा