सन्दीप लामिछाने आबद्द जमैका तलाबाज पराजित « Khabarhub

सन्दीप लामिछाने आबद्द जमैका तलाबाज पराजित


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले चौथो हार व्यहोरेको छ ।

मंगलबार राति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित हुँदै जमैकाले चौंथो हार व्यहोरेको हो ।

ब्रायन लारा स्टेडियममा नाइट राइडर्सले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

जमैकाका आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै ग्लेन फिलिप्सले ४१ रन जोड्दा कार्लोस ब्रेथवेटले अविजित २१ रन जोडे ।

त्यस्तै एनक्रुमा बोनेरले २६ रन बनाए । नाइट राइडर्सका फावद अमहेदले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

नाइट राइडर्सका लागि कोलिन मुन्रोले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुनिल नारिनले २९ तथा लेन्डेल सिमोन्सले २५ रन बनाए ।

टिम सेइफर्टले १८ रन जोड्दा कप्तान केइरन पोलार्डले अविजित ३३ रन बनाए ।

जमैकाका कार्लोस ब्रेथवेटले २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र फिडेल एडवार्डले एक एक विकेट लिए ।

सन्दीपले ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिएका हुन् । यससँगै सन्दीपले ७ खेलमा १० विकेट लिन सफल भएका छन् ।

जमैकालाई हराएसँगै नाइट राइडर्सले लगातार सातौं खेलमा जित निकालेको छ ।

शीर्ष स्थानमा रहेको नाइट राइडर्सले ७ खेलमा १४ अंक जोडेको छ ।

जमैका ७ खेलमा ६ अंक जोडेर चौथो स्थानमा छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : ३२ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको