५ महिनापछि खुल्यो नियमित अन्तराष्ट्रिय उडान | Khabarhub Khabarhub

५ महिनापछि खुल्यो नियमित अन्तराष्ट्रिय उडान

१२ कम्पनीका विमानले यी देशमा उडान भर्ने



काठमाडौं । कोभिड १९ का रोकथामका लागि २०७६ चैत्र ९ गतेबाट रोकिएको नियमित अन्तराष्ट्रिय उडान भदौ १७ बाट सुरु भएको छ ।

करिब ५ महिनापछि सुरु भएको उडानमा मंगलवार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको २/२ वटा र एयर अरेबियाको एउटा उडान छ ।

भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान सुचारु गर्ने सरकारी योजना थियो । तर, सम्बन्धित निकायहरुसँगको सम्वन्यमा भदौ १७ मा सारिएको थियो ।

भदौ ४ गते बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ माहामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशहरुमा नियमित उडान गर्ने निर्णय गरेको थियो । जसअनुरुप दैनिक ५ सय यात्रु नकट्ने गरी उडान सञ्चालन हुने भएको छ ।

चैत्र ११ देखि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । त्यस्तै आन्तरिक उडान पनि स्थगन गरिएको थियो ।

यसबीचमा व्यवसायिक प्रयोजनका लागि नभई विदेश रहेका अलपत्र नेपाली ल्याउन र नेपाल र विदेश दुवैतर्फ नागरिक आवतजावतका लागि चार्टड उडानहरु भएका थिए ।

नागरिक उड्यान प्राधिकरणका अनुसार बन्दाबन्दीको समयमा दैनिक १८ वटासम्म गरी पाँच महिनामा ५ सयभन्दा बढी उडान भएको छ ।

जसमा अन्तराष्ट्रिय बिमानस्थल हुँदै ५४ हजार १ सय १५ जना यात्रु नेपाल भित्रिएका थिए । त्यस्तै सोही अवधिमा नेपालबाट २२ हजार १ सय ९६ जना यात्रु बाहिरिएका थिए ।

नेपाल सरकारले भदौ १६ गतेबाट केही देशहरुमा नियमित उडान सुचारु गर्ने निर्णय गरेसँगै नेपाल वायु सेवा निगमले पनि सेप्टेम्बर महिनाको लागि नियमित उडान तालिका निर्धारण गरेको छ ।

निगमले चार अन्तराष्ट्रिय गन्तव्यहरुमा नियमित उडान गर्ने भएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपालका २ वटा उडान कम्पनी सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम र निजी क्षेत्रको हिमालयन एयरलाइन्ससहित १२ वटाले अनुमति पाएको र केही थप हुने अवस्था देखिएका बताए ।

नियमित अन्तराष्ट्रिय उडानका लागि भोलि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एक मात्र उडान नारिताका लागि भर्ने भएको छ ।

कुन-कुन देशमा उडान ?

सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले सेप्टेम्बर महिनाभरकोे नियमित र चार्टड दुवै उडानको तालिका सार्वजनिक गरिसकेको छ ।

सार्वजनिक तालिकाअनुसार पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल आउन अनुमति भएका नेपाली नागरिक र विदेशी नियोगका कुटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारी लगायतलाई नेपाल ल्याउने गरी नियमित उडान हुनेछ ।

त्यस्तै पीसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेत लगायत अन्य मुलुकबाट नियमित उडानतर्फ यात्रु ल्याउन नपाईने निर्णय गरेको छ ।

नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कुटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुकालागि चार्टड उडान गरेर ल्याउन पाइनेछ । उनकाअनुसार पीसीआर परीक्षण सहज नभएका मुलुकहरुलाई चार्टड उडानमात्र सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : ३९ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि

हरित रोजगारीका लागि कोरियाले ९८ लाख डलर दिने

काठमाडौं– कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख

बबईमा नदीमा डुबेर दाजुभाइको मृत्यु

दाङ– बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई दाजुभाइको मृत्यु

क्रिकेटर लामिछानेको मुद्दामा आज पनि बहस, फैसला आउन सक्ने

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च

लखनउमाथि दिल्लीको जित : कस्तो छ प्लेअफको गणितीय सम्भावना ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा