विश्वमा एकैदिन २ लाख ५९ हजारलाई कोरोना संक्रमण, ५ हजार ८ सय बढीको मृत्यु « Khabarhub

विश्वमा एकैदिन २ लाख ५९ हजारलाई कोरोना संक्रमण, ५ हजार ८ सय बढीको मृत्यु


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर एकै दिन २ लाख ५९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बुधबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख ९१ हजार १७४ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ८१ लाख ८५ हजार ९२५ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ५ हजार ८५४ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ६० हजार २७८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ८ हजार १७२ जनाको मृत्यु भएको छ । ३६ लाख ११ हजार ३१३ जना संक्रमित भएकोमा २० लाख ८६ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७२ हजार ६४० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७४ लाख ९ हजार ५९९ पुगेको छ । त्यसमध्ये ४२ लाख ८५ हजार २०८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४४ हजार ८८ जनाको मृत्यु भएको छ । ७१ लाख ८८ हजार ५३१ जना संक्रमित भएकोमा ५७ लाख ६८ हजार १२१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ४ हजार ५७३ जनाको मृत्यु भएको छ । ६३ लाख ८७ हजार ९३७ जना संक्रमित भएकोमा ५० लाख १९ हजार ४९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३० हजार १०४ जनाको ज्यान गएको छ भने १२ लाख ६४ हजार ४१७ संक्रमित छन् । संक्रमितमध्ये १० लाख २ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६८६ जनाको मृत्यु भएको छ । २८ हजार ६५६ जना संक्रमित भएकोमा २३ हजार ५८४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : १५ बजे

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन