घ्याङफेदीको ढुंगा हटाउन वस्ती स्थानान्तरण « Khabarhub

घ्याङफेदीको ढुंगा हटाउन वस्ती स्थानान्तरण


१७ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- दुप्चेश्वर गाउँपालिका-१, घ्याङफेदीको तीन वस्तीको बीचमा रहेको ढुङ्गाले जोखिम पुर्‍याएसँगै ढुङ्गा हटाउन वस्ती स्थानान्तरण थालिएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा कार्यालयले उपलब्ध गराएपछि नेगीका २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको वडाध्यक्ष सुनबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार नेगीका २८ परिवारलाई सोही वडाको सुरक्षित स्थानमा टेन्ट हालेर घरको सामान सार्न लगाइएको छ। “नेगी वस्तीका २८ परिवारलाई सूर्यकुण्ड जलविद्युत् आयोजनाको जग्गामा स्थानान्तरण गरिने लक्ष्य बनाइएको थियो”, उनले भने “टेन्ट ठूलो भएकाले स्थानको अभाव भएपछि वस्तीको दायाँबायाँ तीन स्थानमा सारिएको छ।”

स्थानीयवासीले ‘पाल्साङ ऊ’ नाम दिएको उक्त ठूलो ढुङ्गा बग्न सुरु गरेकाले त्यसभन्दा ठिक तल पर्ने नेगीवासीलाई स्थानान्तरण सुरु गरिए पनि काउले र बोत्गाउँको १८ परिवारलाई भने ढुङ्गा हटाउन सुरु गरेपछि मात्र अन्यत्र लैजाने योजना बनाएको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।

उनका अनुसार वस्ती स्थानान्तरणसँगै शौचालय, खानेपानी, विद्युत्, आउजाउ गर्न बाटोलगायतको व्यवस्था मिलाउन थालिएको छ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ७ : ३५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने