जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादी कैलालीबाट पक्राउ « Khabarhub

जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादी कैलालीबाट पक्राउ


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादीलाई कैलालीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले कैलारी गाउँपालिका–५ घर भएका ४८ वर्षीय पुरणप्रसाद कुमाललाई पक्राउ गरेको हो ।

२०६१ कातिकमा भएको कैलालीको कैलारी गाउँपालिका–५ बस्ने २३ वर्षीय रामबहादुर कुमालको हत्याको घटनामा संलग्न पुरणलाई कैलाली जिल्ला अदालतले ०६५ मा सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरेको थियो ।

जिल्ला अदालत कैलालीको आदेशले पुर्पक्षका लागी थुनामा रहेका बेला ०६१ माघमा तत्कालिन विद्रोही माओवादीले कारागारमा आक्रमण गरेको मौकामा पुरण भागेका थिए ।

पुनरावेदन अदालत दिपायल र सर्वोच्च अदालतले पनि पुरणलाई जिल्ला अदालतले गरेको फैसला सदर गरेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ५४ बजे

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिव द्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको

चिनियाँ राष्ट्रपति सीले भारत भ्रमण गर्ने

काठमाडौं- चीनका राष्ट्रपति सी जिन्पिङ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन