सुपरवुमेन सिन्ड्रोम : जहाँ आफ्नो प्रशंसामात्र सुन्ने चाहाना हुन्छ « Khabarhub

सुपरवुमेन सिन्ड्रोम : जहाँ आफ्नो प्रशंसामात्र सुन्ने चाहाना हुन्छ


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सबै मानिसलाई आफ्नो छबि राम्रो होस् चाहना हुन्छ । आन्तरिक रुपमा मानिस जति नै खराब भएपनि अरुको नजरमा भने असल र चरित्रवान बन्न चाहान्छन् ।

उनीहरुको मानसिकतामा आफु कसरी राम्रो हुने भन्दा पनि अरुको नजरमा आफ्नो छबि कसरी राम्रो पार्ने भन्ने हुने गर्दछ ।

यस्तो मामलामा महिलाहरु अगाडी पर्दछन् । महिलाहरु आफुलाई अरुको नजरमा राम्रो देखाउन वा उत्कृष्ट छु भन्ने पार्न खोज्नु एक प्रकारको लत हो । यसलाई ‘सुपरवुमेन सिन्ड्रोम’ भनिन्छ । सर्वत्र आफ्नो चर्चा वा हरेक क्षेत्रमा सही छु भन्ने देखाउन खोज्ने लतलाई ‘सुपरवुमेन सिन्ड्रोम’ भनिन्छ ।

यस लतमा महिला आफुलाई हरेक क्षेत्रमा सही छु भनेर देखाउन खोज्छन् र आफ्ना बारेमा सबैबाट प्रसंशा मात्र सुन्न चाहान्छन् । यो लतको शिकार भएकाहरुले यस प्रकारको अनुभुती गर्न नपाएमा डिप्रेशनसम्म जाने गर्दछन् । यो समस्या, कार्यालयमा काम गर्ने, सामाजिक अभियन्ता, गृहणी लगायतका महिलामा बढि देखिन्छ । विशेष यो समस्या युवा उमेरमा बढि देखिने गर्दछ ।

लक्षण
– आफुलाई एक सर्वगुण सम्पन्न महिला भएको भावना विकास हुनु ।
– हरेक क्षेत्रमा जान्ने बुझ्ने महिलाका रुपमा छबि बनाउन खोज्नु ।
– सकेसम्म अरुको ध्यान आफुतर्फ आर्कषित गर्न खोज्नु ।
– आफ्नो प्रशंसा सुन्न अरुलाई खुशी पारेर राख्नु ।
– काम पर्दा बाहेक कसैसंग पनि बोल्न नखोज्नु ।
– बिस्तारै आत्मसम्मान र मनोबल गिर्दै जानु ।
– कसैसंग खुलेर कुरा गर्न नचाहानु ।

यसबाट बच्ने उपाय
– आफ्नो क्षमताभन्दा बाहिरको धेरै आशा गर्नु हुदैन ।
– यस्तो लतबाट बच्न सबैभन्दा पहिला आफ्नालागी समय निकाल्नु पर्दछ ।
– आफुलाई एक्लो वा आफ्नो साथमा कोहि नभएको महशुस गर्नु हुदैन ।
– सकेसम्म आफुलाई खुसी राख्ने प्रयाश गर्नु पर्दछ ।
– एकै पटक हरेक क्षेत्रमा सफल हुन सकिदैन भन्ने मानसिकता बनाउनु पर्दछ ।
– समयमा खाने, व्यायाम गर्ने समय निश्चित पार्नु पर्दछ । पर्याप्त निन्द्रा सुत्नु पर्दछ ।
– जीवनलाई उर्जावान् र खुशीमय बनाउनु पर्दछ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ९ : १६ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ