पर्सा र बाराका थप ६४ जनामा कोरोना पुष्टि « Khabarhub

पर्सा र बाराका थप ६४ जनामा कोरोना पुष्टि


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सा र बारा दुई जिल्लामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सा र बाराका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

अस्पतालमा ४९० जनाको स्वाब परीक्षण गरिएकोमा बाराका ५० तथा पर्साका १३ जना र गण्डक अस्पतालका एक जना गरी ६४ जनामा संक्रमण देखिएको हो।

संक्रमण देखिनेमा ५ वर्षका बालकदेखि ७९ वर्षका वृद्धसम्म छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मा दुई, १२ मा एक र १८ मा एकजनामा कोरोना देखिएको छ।

यस्तै बहुदरमाई नगरपालिका वडा नम्बर ४ मा पाँच जना, ५ मा एक, ६ मा दुई जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी नारायणी अस्पतालमै गरिएको परीक्षणमा बाराको कलैया उप महानगरपालिकाका विभिन्न वडाका गरी ५० जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ९ : २० बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका