बाराका ९७ वर्षीय संक्रमितको मृत्यु « Khabarhub

बाराका ९७ वर्षीय संक्रमितको मृत्यु


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगंजमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–९ बसबरियाका ९७ वर्षीय वृद्धको नारायणी अस्पतालले सञ्चालन गरेको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

भदौ १४ गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

उपचारका लागि तराई हस्पिटल भर्ना भएका उनको १२ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा १४ गते संक्रमण पुष्टि भएसँगै गण्डक कोभिड अस्पतालमा रेफर गरिएको थियो।

दम र मुटु रोगी समेत रहेका संक्रमितको श्वासप्रश्वासमा समस्या आएपछि उनको मृत्यु भएको डाक्टर चौरसियाले जानकारी दिए।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १० : ३० बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान