घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम « Khabarhub

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र न्यौपाने प्रथम भएका छन् । स्थानीय चन्दननाथ नगरपालिकाको आयोजना तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयको सह–आयोजना र कर्णाली कला तथा संस्कृति संरक्षण मञ्च जुम्लाको समन्वयमा घोडा दौड प्रतियोगिता भएको हो । यस वर्ष २४ प्रतिस्पर्धी रहेको सो प्रतियोगितामा दिलीप बोहोरा दास्रो र अर्जुन बस्नेत तेस्रो भएको कर्णाली कला तथा संस्कृति संरक्षण मञ्चका महासचिव आनन्द अधिकारीले जानकारी दिए ।

आयोजक चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता आयोजना गरेको बताए । जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिएको नगरप्रमुख कठायतको भनाइ छ । यहाँका घोडाको संरक्षण गर्नुका साथै पहिचान स्थापित गरी पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्यले घोडा दौड प्रतियोगिता यहाँको कला–संस्कृतिसँग जोडिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बढ्थापाले बताए ।

दौड प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० हजार राशि पुरस्कार प्रदान गरिने कर्णाली कला तथा संस्कृति संरक्षण मञ्च जुम्लाले जनाएको छ । बडादसैँको उपलक्ष्यमा घोडा दौड प्रतियोगिता हुने गरेको विमानस्थलमा कालोपत्र गरिएपछि चन्दननाथको राजासिममा आयोजना गर्न थालेको नगरप्रमुख कठायतले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ६ : ०८ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो