तत्कालीन मन्त्री बाँस्कोटाले ७० करोड मागेको खुलासा गर्ने मिश्र भन्छन्- म भागेको होइन्, रेकर्डिङ लिएर आउँदैछु « Khabarhub

तत्कालीन मन्त्री बाँस्कोटाले ७० करोड मागेको खुलासा गर्ने मिश्र भन्छन्- म भागेको होइन्, रेकर्डिङ लिएर आउँदैछु


१७ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोडको काण्डमा विजय प्रकाश मिश्रका नाममा सात दिने सूचना जारी गरेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घुसको लेनदेनको अडियो सार्वजनिक भएपछि गोकुल बास्कोटाले सञ्चार मन्त्रीबाट राजीनामा दिएका थिए। सोही प्रकरणमा थप अनुसन्धानका लागि अख्तियारले मिश्रलाई सात दिन भित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ।

‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाई गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलमा तपाईँसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ,’ अख्तियारको सूचनामा भनिएको छ, ‘यो म्याद सूचना प्रकाशित भएको मितिले सात दिनभित्र यस आयोगको प्रहारी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भई जानेछ।’

अख्तियारले जारी गरेको सूचना

No photo description available.

मिश्र यतिखेर जापानमा छन्। उनले वक्तव्य जारी गरेर अनुसन्धानका लागि सघाउन आफू तयार रहेको जनाएका छन्। उनले अख्तियारलाई रेकर्डिङ डिभाइस उपलब्ध गराउन आफू जापानमा पुगेको बताएका छन् ।

मिश्रले बुधबार विज्ञप्ति जारी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उक्त प्रकरणमा सहयोग मागिएकाले अडियो रेकर्डिङको डिभाइस लिन आफू जापान आएको बताएका हुन्।

‘म फरार भएको भनी गरिएका प्रचारहरू गलत हुन्, अख्तियारको पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अख्तियारमा बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा लिन म आएको हुँ। नेपाल फर्किने फ्लाइट निश्चित भइसकेको अवस्थामा भागेर जापान गयो भनी प्रचार गरियो,’ उनले विज्ञप्तिमा भनेका छन्।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो गत जेठमा सार्वजनिक भएको थियो। अडियो सार्वजनिकसँगै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए।

कुनै पनि राजनीतिक व्यक्ति वा सर्वसाधारण भ्रष्टाचारजस्तो राज्यविरुद्धको अपराधबाट उम्कन सक्दैन भन्दै मिश्रले भनेका छन्, ‘सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आक्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्रिन चरित्र हो।’

उनले आफूलाई भाग्यो भनेर आरोप लगाउनु न्यायलाई विचलित पार्न, अनुसन्धानलाई फितलो बनाउन, जनताको ध्यान अन्यत्रै मोड्न गरिएको प्रोपोगान्डा भएको दाबी गरेका छन्।

‘सेक्युरिटी प्रिन्टिङ प्रकरणमा बाहिर आउन बाँकी कुराहरू अझै गर्भमा दबिएर बसेका छन्, यी सबै प्रमाणहरू अख्तियारसमक्ष पेश गरिने छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

मिश्रले निकालेको प्रेस विज्ञप्ति

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ११ : ३६ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो