झापाको रतुवामाई जंगलमा एक युवकको शव फेला « Khabarhub

झापाको रतुवामाई जंगलमा एक युवकको शव फेला


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको रतुवामाईको घाँटी काटिएको अवस्थामा एक पुरूषको शव फेला परेको छ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठका अनुसार, स्थानीय गोमन सिंह भनिने गोविन मगरको घाँटी काटिएको अवस्थामा शव फेला परेको हो ।

श्रेष्ठका अनुसार, मंगलबार साँझदेखि २९ वर्षीय मगर घरबाट हराइरहेका थिए। खोजतालासका क्रममा बुधबार बिहान १० बजे तिर शव फेला परेको हो।

प्रहरीका अनुसार, घटनास्थलदेखि १०० मिटर उत्तर दूरीमा एउटा मोटरसाइकल पनि फेला परेको छ। स्थानीयवासीका अनुसार घटनास्थल नजिक फेला परेको मोटरसाइकल करिब १ महिनादेखि उनले नै चलाउँदै आएका थिए।

घटनास्थललाई स्थानीय प्रहरीले घेराबन्दी गरेको छ। नेपाल प्रहरीको तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरू गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १२ : ३५ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक