झापाको रतुवामाई जंगलमा एक युवकको शव फेला « Khabarhub

झापाको रतुवामाई जंगलमा एक युवकको शव फेला


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको रतुवामाईको घाँटी काटिएको अवस्थामा एक पुरूषको शव फेला परेको छ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठका अनुसार, स्थानीय गोमन सिंह भनिने गोविन मगरको घाँटी काटिएको अवस्थामा शव फेला परेको हो ।

श्रेष्ठका अनुसार, मंगलबार साँझदेखि २९ वर्षीय मगर घरबाट हराइरहेका थिए। खोजतालासका क्रममा बुधबार बिहान १० बजे तिर शव फेला परेको हो।

प्रहरीका अनुसार, घटनास्थलदेखि १०० मिटर उत्तर दूरीमा एउटा मोटरसाइकल पनि फेला परेको छ। स्थानीयवासीका अनुसार घटनास्थल नजिक फेला परेको मोटरसाइकल करिब १ महिनादेखि उनले नै चलाउँदै आएका थिए।

घटनास्थललाई स्थानीय प्रहरीले घेराबन्दी गरेको छ। नेपाल प्रहरीको तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरू गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १२ : ३५ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान