कपिलवस्तुकी कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु « Khabarhub

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुकी एकजना कोरोना संक्रमति महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालले एक विज्ञप्ति मार्फत कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको जानकारी दिएको हो ।

ती महिलको बुधबार बिहान ९ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिलामा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या रहेको थियो । यस्तै उच्च रक्तचापको समस्या पनि पहिलादेखि नै रहेको अस्पतालले जनाएको छ ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आइसियुमा उपचार भइरहेको थियो । तर बुधबार बिहान उनको आइसीयुमै मृत्यु भएको अस्पतालले जनाएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १२ : ५७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर