कपिलवस्तुकी कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु | Khabarhub Khabarhub

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुकी एकजना कोरोना संक्रमति महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालले एक विज्ञप्ति मार्फत कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको जानकारी दिएको हो ।

ती महिलको बुधबार बिहान ९ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिलामा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या रहेको थियो । यस्तै उच्च रक्तचापको समस्या पनि पहिलादेखि नै रहेको अस्पतालले जनाएको छ ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आइसियुमा उपचार भइरहेको थियो । तर बुधबार बिहान उनको आइसीयुमै मृत्यु भएको अस्पतालले जनाएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १२ : ५७ बजे

फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान

काठमाडौं – दलित महिला सङ्घ (फेडो) ले दलित समुदायबाट पत्रकारिता

कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध

गण्डकी – कहिले कविता त कहिले गीतमार्फत, कहिले नदीका शिलालाई

चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा

काठमाडौं– घरमै घुसेर लुटेराले चक्कु प्रहार गरेपछि घाइते बलिउड नायक

प्रतिपक्षी कमजोर भएका कि मतो नमिलेको ?

काठमाडौं– नेपाली कांग्रेसको समर्थनसहित गत असार ३० गते गठित केपी