संक्रमणमुक्त फूटबलरको अनुभव- खानपान र शारीरिक अभ्यासमा ध्यान दिनुहोस् सजिलै जितिन्छ कोरोना « Khabarhub

संक्रमणमुक्त फूटबलरको अनुभव- खानपान र शारीरिक अभ्यासमा ध्यान दिनुहोस् सजिलै जितिन्छ कोरोना



काठमाडौं- साउन २७ गते (मंगलबार) एन्फाले २३ जना खेलाडीसहित २९ जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कारोना भाइरसको परीक्षण गरायो ।

त्यसको रिर्पोट २ दिनपछि अर्थात् २९ गते (बिहीबार) २२ जना खेलाडीहरुको रिर्पोट नेगेटिभ आएको जानकारी एन्फाले दियो । तर, एक जनाको खेलाडीको रिर्पोट पोजेटिभ आएपछि त्यो दिन उनको रिर्पोट सार्वजनिक भएन ।

ती खेलाडी हुन्, मिडफिल्डर एरिक बिष्ट । पहिलो पटक राष्ट्रिय टोलीका लागि बोलाइएका बिष्टको कोरोना परीक्षण रिर्पोटमा शंका व्यक्त गरेपछि बिहीबारै उनले ह्याम्स अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब दिए ।

शुक्रबार टेकु अस्पतालले उनलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गर्‍यो । त्योसँगै ह्याम्सबाट पनि संक्रमण पुष्टि भयो ।

तर, परिवारले बिहीबार नै अन्य खेलाडीसँगै उनको रिर्पोट नआएपछि उनलाई आइसोलेसनमा राखेका थिए । ह्याम्समा स्वाब दिँदा उनलाई परिवारका सदस्यले नै भनेका थिए, ‘रिर्पोट सार्वजनिक भएपछि संक्रमण पनि भएको हुन सक्छ । अब सुरक्षित बस्नु पर्छ ।’

त्यतिसम्म एरिक सामान्य नै थिए । तर, जब उनले शुक्रबार सामाजिक सञ्जालमा आफ्नो नामसहित कोरोना संक्रमणका समाचार देखे उनी छाँगाबाट खसे जस्तो भए । किनकी उनले उक्त जानकारी अस्पतालबाट पाएका थिएनन् ।

अस्पतालले शुक्रबार बेलुकी मात्रै फोन गरेको थियो । टेकु अस्पतालबाट फोन आउँदा उनलाई घरमा बस्न सजिलो छ वा लिन आउँनु पर्छ भनेर सोधिएको थियो । जसमा उनले आफु घरमा सुरक्षित रहेको भन्दै सबै कुरा अस्पतालमा जानकारी गराएका थिए ।

त्यसमाथि समाजले कोरोना संक्रमितलाई गर्ने व्यवहारबारे उनी जानकार थिए । ‘सामाजिक सञ्जालमा मेरो बारे बनेका समाचार र साथीभाइले म्यासेन्जरमा कोरोना देखिएको हो ? भन्दै गरेका प्रश्नले मलाई अलि अफ्ठ्यारो महसुस भयो,’ एरिकले भने, ‘पहिलो १० दिन तनाव नलिउँ भन्दा पनि तनाव भयो ।’

उनलाई पहिलो दिनदेखि रिर्पोट नेगेटिभ आउनसम्म पनि कुनै दिन कोरोना भाइरसको लक्ष्यण देखिएन । तर, पनि उनी घरको तल्लो तलामा सुरक्षित साथ बसे । घर परिवारले पनि उनलाई सकारात्मक रुपमा साथ दिइ रह्यो ।

‘म तल्लो तलामा आइसोलसनमा बसे । घर परिवारले पनि सकारात्मक रुपमा साथ दिँदा खासै समस्या भएन,’ उनले सुनाए ।

अन्य कोरोना संक्रमित झै एरिकले पनि घर वरिपरी मान्छेले हेपेको महसुस गरेको सुनाए । उनले हरेक दिन अभ्यासका लागि छतमा जाँदा समेत मान्छेहरु के पो हो भन्ने तरिकाले हेर्ने गरेको सुनाए ।

‘समाजले सबैलाई नकारात्मक तरिकाले हेर्दो रहेछ । म छतमा एक्सरसाज्ड गर्न जाँदा समेत वरिपरीका मान्छेले के पो भन्यो जसरी हेर्थे,’ उनले भने ।
एरिक आफुले हरेक दिन बिहान आधा घण्टा र बेलुका आधा घण्टा गरेर एक्सरसाइज्ड गर्ने गरेको बताउँछन् । एक्सरसाइज्ड गर्दै खानेकुरामा ध्यान दिने हो भने कोरोना भाइसरबाट छिट्टै उन्मुक्ति पाउने उनको अनुभव छ ।

कसरी देखियो त एरिकलाई कोरोना संक्रमण ? उनी भन्छन्, ‘म लगातार जसो अस्पताल गइरहेको थिए । ममिको रेगुलर चेकअप चलिरहेको थियो । कहिले फुपुसँग पनि गएको थिए । त्यतै जाँदा लाग्यो कि भन्ने भइरहेको छ । तर, परिवारमा अरु कसैलाई नदेखिँदा एकदम खुसी लागेको थियो ।

उनी अस्पतालले भने झै दिनमा तीन पटक तापक्रम जाँच्थे । तर, सधै नर्मल नै हुनथ्यो । न्युरोड टिम एनआरटीबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका उनको प्रदर्शनकै आधारमा राष्ट्रिय टोलीमा बोलाइएको थियो ।

आफुले राष्ट्रिय टोलीका लागि अहिले धेरै नसोचेको बताएका उनले भने, ‘लिगमा १० खेल खेलेर राष्ट्रिय टीममा बोलाइएको हो । म पहिलो पटक पर्दा खुसी लागेको छ । तर, अहिले नै मेरो सबै हुनुपर्छ भन्दिन । यसलाई अनुभवका रुपमा लिँदै अर्को वर्ष अझै मेहनत गर्नेछु ।’

आफुजस्तै कोरोना संक्रमितको आलोचना गर्नेहरुलाई एरिकको जवाफ छ, ‘मैले पीसीआर जाँच गर्दा मलाई संक्रमण देखियो । यसको लक्ष्यण हुँदैन । भोलि तपाईहरुले जाँच गर्दा तपाईंलाई पनि देखिन सक्छ । त्यसैले यसलाई धेरै ठूलो रुपमा लिनु भन्दा स्वीकार्न सक्नुपर्छ। स्टे सेभ, इट हेल्दी, कीप हाइजेकि फुड!’

बिष्ट उमेर समुहमा राम्रो खेल्दै आएका खेलाडी हुन् । अहिले उनी फिफा विश्वकप २०२२ तथा छनोट एएफसी एसियन कप २०२३ अन्तर्गतको संयुक्त छनोटका लागि राष्ट्रिय टोलीमा बोलाइएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १ : ३८ बजे

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग