भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार नाघ्यो « Khabarhub

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार नाघ्यो


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १०२५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार ४९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार यो समाचार तयार पार्दासम्म ७८ हजार १६९ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३७ लाख ७३ हजार ४८३ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २९ लाख २ हजार ९६ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ४ हजार ८९६ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ४ : ०२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार