२४ घण्टामा थपिए १,१२० संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा थपिए १,१२० संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

हालसम्म कोरोना संक्रमितको संख्या ४१,६४९ पुग्यो


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नयाँ थपिएका संक्रमित मध्ये ३२० जना महिला र ८०० जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार मुलुकभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका एकजना, ओखलढुंगाका २ जना, खोटाङका एकजना, झापाका ११ जना, धनकुटाका २ जना पाँचथरका एकजना,भोजपुरका ३ जना, मोरङका ५३ जना, सुनसरीका ७२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ६३ जना, पर्साका ४९ जना, बाराका २३ जना, महोत्तरीका ३१ जना, रौतहटका १८ जना, सप्तरीका १२ जना, सर्लाहीका ५० जना, सिरहाका १५ जनामा कोरोना पुष्टि भएको छ ।

डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५० जना, काभ्रेका एकजना, चितवनका ४३ जना, धादिङका २ जना, नुवाकोटका एकजना, भक्तपुरका ९ जना, मकवानपुरका ३३जना, रामेछापका २ जना, ललितपुरका २९जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २४ जना, गोरखाका एकजना, तनहुँका ४ जना, नवलपरासी पूर्वका १६ जना,पर्वतका एकजना, लमजुङका १९ र स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, दाङका ६ जना, नवलपरासीका ३ जना, पाल्पाका एकजना, प्युठानका २ जना,बर्दियाका ५ जना, बाँकेका ४१ जना, रुपन्देहीका २७ जना र रोल्पाका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमाम कालिकोटका २१ जना, जुम्लाका ३७ जना, दैलेखका एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका एकजना, कंचनपुरका ३ जना, कैलालीका १३ जना, डडेल्धुरका एकजना, बझाङका ९ जना र बैतडीका एक जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा १ हजार ११२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २९०  पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२ हजार १७८ थियो ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार ६ जना महिला र ६ जना पुरुषको कोरोनाले मृत्यु भएको हो

जसमा चितवनकी १८ र ५५ वर्षीया २ जना महिला, काठमाडौंकी ८९ वर्षकी एक महिला, ललितपुरकी ७० वर्षीया एक महिला, तनहुँकी २० वर्षीया महिला, कपिलवस्तुकी ६० वर्षीया महिला रहेकी छन्।

यस्तै मृत्यु हुने पुरुषहरुमा बाराको ५७ वर्षका एक पुरुष, चितवनको ६५ वर्षका एक पुरुष, भक्तपुरका ४० वर्षका एक पुरुष, काठमाडौंका ७० र ७५ वर्षका दुई जना पुरुष र धादिङका ४७ वर्षका पुरुषको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । यो संख्या कुल संक्रमितको ०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ४ : ५२ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट