काश्‍मीरमा पाकिस्तानको झण्डा निकाल्‍ने पत्रकारलाई यातना « Khabarhub

काश्‍मीरमा पाकिस्तानको झण्डा निकाल्‍ने पत्रकारलाई यातना


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानी खुफिया एजेन्सी र सुरक्षा बलले एक पत्रकारलाई चरम यातना दिएका छन् ।

पाकिस्तान प्रशासित काश्‍मीरको ददयालको सार्वजनिक स्थलमा रहेको पाकिस्तानी झण्डा हटाउने प्रयास गरेपछि सुरक्षा बलले उनलाई नियन्त्रणमा लिएको थियो ।

सुरक्षा अधिकारीहरूले उनलाई लछारपछार गरेको घटना सामाजिक सञ्‍जालमा भाइरल भएको थियो ।

उक्त भिडियोमा अधिकारकर्मीसमेत रहेका पत्रकार तनवीर अहमदले आफूले उक्त क्षेत्रबाट पाकिस्तानी झण्डा हटाउन खोजेपछि नियन्त्रणमा लिएको दाबी गरेका छन् । आफूलाई पाकिस्तानी खुफिया एजेन्सीले नियन्त्रणमा लिएर लछारपछार गरेको दाबी गरेका छन् ।

काश्‍मीरमा पाकिस्तानी ज्यादती भएको भन्दै तनबीर केही सातादेखि काश्‍मीरमा भोक हड्‌तालमा बसेका थिए । काश्‍मीरमा मानवअधिकारको उल्लंघन र जनतामाथि सुरक्षा दुर्व्यवहार रोक्‍न माग गर्दै उनी अनसनमा बेका थिए ।

उनले प्रशासनाई काश्‍मीरबाट पाकिस्तानी झण्डा हटाउनसमेत माग गरेका थिए । स्थानीय प्रशासनले त्यसो नगरेपछि उनी आफैंले झण्डा हटाउन खोजेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ११ : ४९ बजे

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम