कोभिड-१९ खोप कूटनीतिमा भारतको बृहत्तर योजना | Khabarhub Khabarhub

कोभिड-१९ खोप कूटनीतिमा भारतको बृहत्तर योजना


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- कोरोना महामारी बढ्दै गएसँगै यसविरुद्धको खोपको विकासमा पनि विभिन्‍न मुलुकहरुले काम गरिरहेका छन् ।

जसमा भारतले पनि खोप विकासको कामलाई तीव्रता दिइरहेको छ । भारतले खोप विकास, उत्पादन र वितरणमा विभिन्‍न पाँच तरिकलाई अवलम्बन गरेको छ ।

जसमा नि: शुल्क खोपदेखि आपूर्ति सुनिश्‍चितता, जसमा भारतले छिमेकी मुलुकदेखि एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरुलाई सहयोग गर्ने योजनामा रहेको एक अधिकारीले बताए । विश्‍वमा विकास भइरहेका खोप उत्पादक र विभिन्‍न मुलुकसँगको कूटनीतिक सम्बन्धलाई सुदृढ भारतले यस्तो निर्णय गरेको जनाइएको छ ।

भारतीय कम्पनीहरूले दुईवटा कोरोनाविरुद्धका खोपको विकासमा काम गरिरहेका छन् । जुन हाल ‘क्लिनिकल परीक्षण’मा छन् । यद्यपि यी खोपहरुको बृहत उत्पादन गरिने र यसमा भारतको पुणेमा रहेको सीरम इन्स्टिच्यूट अफ इंडिया (एसआईआई) द्वारा निर्मित खोप पनि समावेश हुनसक्ने जनाइएको छ ।

खोप विकास गरिसकेपछि कसरी उत्पादन र वितरणलाई थप व्यवस्थित र सुदृढ बनाउने भन्‍ने विषयमा अझै छलफल चलिरहेको ती अधिकारीले बताए । जस्तो कि कुनै पनि प्लेटफर्मलाई भारतले आपूर्तिको अधिकार दिएमा त्यो आपूर्तिकर्ताले सम्झौताको सम्मान गर्दै कहाँ खोप बिक्री गर्ने र कहाँ नगर्ने भन्‍ने कुरामा भएको सहमतिलाई पालना गर्नुपर्दछ ।

नीति आयोगका प्रमुख डा. भिके पउलको नेतृत्वमा खोपका बारेमा विज्ञहरुको समूहसँग परामर्श गरेर सरकारी अधिकारीहरुले योजनाको विवरण तयार गरिरहेका छन् । एकपटक तयार र अनुमोदित भएपछि नयाँ दिल्लीले सम्भावित लाभाग्राहीसँग सम्झौतालाई अन्तिम रूप दिने ती अधिकारीहरूले जानकारी दिए ।

भारतले पहिला कुन छिमेकी र कसलाई उपलब्ध गराउने भन्‍ने विषयमा भारतसँग मिलेर यसबारे अध्ययन गरिरहेका राष्ट्रहरू र संयुक्त राष्ट्रसंघ (यूएन) जस्ता अन्तर्राष्ट्रिय फोरममा भारतको सहयोगी र सहयोगी भूमिका खेल्ने राष्ट्रहरु पहिलो प्राथमिकतामा पर्ने बताइएको छ । यसका लागि विभिन्‍न पाँच मोडेलहरुमा छलफल भइरहेको छ ।

पाँच मोडेलहरुमा पहिलो नि: शुल्क वितरण गरिने छ । जसमा बंगलादेश, अफगानिस्तान, र अन्य सार्क देश राष्ट्रहरु समावेश हुनेछन् भने केही छिमेकीहरुलाई प्रतिबन्ध लगाउन सकिने छ । ती अधिकारीहरूका अनुसार पाकिस्तनलाई तत्काल खोप उपलब्ध नगराउने विषयमा छलफल भइरहेको छ । किनकी पाकिस्तान चिनियाँ खोपमा निर्भर रहन्छ भन्‍ने भारतको विश्‍वास छ ।

दोस्रो मोडेलमा भारतका अन्तर्राष्ट्रिय दायित्वहरूको एक हिस्साका रूपमा गरिब देशहरूमा वितरण गरिने र खोपमा भारी अनुदान उपलब्ध गराइने छ । धेरै अफ्रिकी देशहरूले यसबाट फाइदा लिन सक्नेछन् ।

१५ अगस्तमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुले क्लिनिकल ट्रायललाई मान्यता दिएर प्रमाणित भएपछि आन्तरिक खपतका लागि भारत ठूलो मात्रमा उत्पादन गर्न सक्षम भएको बताएका थिए । “एक होइन, दुई होइन, भारतमा तीनवटा कोरोना भाइरस खोपको परीक्षण भइरहेको छ,” उनले स्वतन्त्रता दिवसको सम्बोधनमा लाल किलाबाट भने ।

गत साता विदेश सचिव हर्षवर्धन श्रिंगलाले ढाकाको भ्रमणका क्रममा भने, “हाम्रा नजिकका छिमेकीहरू, मित्रहरू, साझेदारहरू र अन्य देशहरुलाई भारतले खोप उपलब्ध गराउने छ ।”

अक्सफोर्ड एस्ट्राजेनेका खोप – भारतको सेरम इन्स्टिट्यूटले सह-उत्पादक रहेको छ । यो खोप परीक्षणको तेस्रो वा अन्तिम चरणमा छ र विश्वव्यापी खोपको दौडमा अग्रपंक्तिमा रहेको खोपको एक हिस्सा हो । भारतमा अन्य दुई खोपहरु जयदु काडिला र भारत बायोटेक मानव परीक्षणको दोस्रो चरणमा छन् ।

तेस्रो मोडेलमा अन्तर्गत प्रापक देशहरुले बजार मूल्यमा खोप प्राप्त गर्नेछन् । “जब खोपहरू तयार हुन्छन्, तिनीहरू खुला बजारमा उपलब्ध हुँदैनन्, तर कडा, सरकार-नियन्त्रित च्यानल मार्फत वितरण हुनेछन्। जसका कारण खोप महँगो भएको अवस्थामा गरिब देशहरुले यो खोप किन्‍न सक्ने छैनन् । भातरले त्यस्ता मुलुकहरुलाई अनुदानमा खोप उपलब्ध गराउने छ,” भ्याक्सिन सम्बन्धी रणनीति तयार गर्ने समूहका एक सदस्यले भने ।

चौथो मोडेल अन्तर्गत, दुई देशहरुलाई दुई भारतमा तेस्रो चरणको परीक्षणमा रहेका खोपहरुको परीक्षणमा सहभागी गराइने भएको छ । र पाँचौं मोडेलमा, भारतले दुई खोपको सह-उत्पादनको लागि केहि देशहरूलाई अवसर प्रदान गर्न सक्छ । जसले गर्दा खोप उत्पादनमा तीव्रता आउने छ ।

यी सम्पूर्ण रणनीतिको तयारी डा. पउलको नेतृत्वमा रहेको समिति र केन्द्रीय स्वास्थ्य सचिव राजेश भुषणको अध्यक्षतामा रहेको विज्ञ समितिले तय गर्ने जनाइएको छ । तेस्रो चरणको परीक्षणमा रहेका खोपहरू कहिले भारतमा उपलब्ध हुन्छन् भन्‍ने स्पष्ट छैन । तर, आपतकालीन खोप प्रयोग गर्न सकिने विषयमा छलफल भइरहेकोसमेत जनाइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १ : ३० बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल

कोप-२९ मा भएका कमजोरी सुधार्दै लैजानुपर्छ : वनमन्त्री

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन(कोप

पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधी अब निःशुल्क 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित

काँक्रेविहार– कर्णाली प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको भेरी करिडोर सडक

शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री

कास्की– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत