दीपक पनि आउट भएपछि दबाबमा चितवन, गुमायो तीन विकेट « Khabarhub

दीपक पनि आउट भएपछि दबाबमा चितवन, गुमायो तीन विकेट


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका बलरहरुले लय समात्दा जवाफी ब्याटिङमा उत्रिएको चितवन राइनोज दबाबमा परेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनले खेल ९ ओभर दोस्रो बलमा पुग्दा तीन विकेट गुमाएको हो । उनी ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४२ रन जोड्दै आउट भएका हुन् ।

ओपनर डेविड मलान र ब्याटर देव खनाल आउट भए पनि दीपकले चितवनको ब्याटिङलाई उकास्दै थिए । उनलाई कर्णालीका युवराज खत्रीले क्याच आउट गराएका हुन् ।

लक्ष्य ठूलो भएकाले चितवनका ब्याटरहरले कमाल गर्नुपर्ने देखिन्छ । तर, सुरुवाती क्रममा ब्याटरहरु सस्तैमा पवेलियन फर्किएपछि चितवनमा ब्याटिङ धर्मराएको हो ।

कर्णालीका युनिश सिंहले एकै चौथो ओभरमा दुई विकेट लिए । ३ ओभर पहिलो बलमा ओपनर डेविड मलानलाई गुमाएको हो ।

डेविडले ६ बल एक चौकाको सहयोगमा ६ रन मात्रै जोडे । उक्त ओभरमा पाँचौ बलमा अर्का ब्याटर देव खनाल आउट भएका हुन् । देवले दुई बलमा दुई रन मात्रै जोडे ।

खेल १० ओभरमा पुग्दा चितवनलाई जितको लागि ६० बलमा ९८ रन आवश्यक छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  २ : ३५ बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो