सचिवालय बैठकअघि ओली – प्रचण्डबीच भेटवार्ता « Khabarhub

सचिवालय बैठकअघि ओली – प्रचण्डबीच भेटवार्ता


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपा एक नम्बर अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

बिहीबार बस्ने सचिवालय बैठकअघि ओली र दाहालबीच आज करिव २ घण्टा भेटवार्ता भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकका एजेन्डाबारे छलफल भएको बताइएको छ।

यसअघि भदौ १३ गतेका लगि तय भएको सचिवालय बैठक कोरोनाभाइरसको प्रकोपका कारण रोकिएको थियो । सचिवालय सदस्य उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम क्वारेन्टिनमा बसेका कारण बैठक सारिएको थियो।

बिहीबारको बैठकमा नेकपा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ।

यस्तै अर्थमन्त्री युवराज खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिने भएपछि नयाँ अर्थमन्त्रीसहित मन्त्रिपरिषद् फेरफेरको विषयमा पनि छलफल गर्ने तयारी भएको छ ।

यस्तै राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य बामदेव गौतमलाई बनाउने गत फागुनको सचिवालय बैठकको निर्णय कार्यान्वयनका  विषयमा पनि ओली-दाहालबीच छलफल भएको स्रोतले बताएको छ ।

ओलीले खतिवडालाई नै फेरि राष्ट्रियसभा सदस्य बनाउने चाहाना राखेको बताइरहँदा उपाध्यक्ष वामदेव गौतमले यसअघि पार्टीले  गरेको निर्णय कार्यान्वयन गर्न दबाब दिएपछि ओली दबाबमा परेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : १८ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ