सचिवालय बैठकअघि ओली - प्रचण्डबीच भेटवार्ता | Khabarhub Khabarhub

सचिवालय बैठकअघि ओली – प्रचण्डबीच भेटवार्ता


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपा एक नम्बर अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

बिहीबार बस्ने सचिवालय बैठकअघि ओली र दाहालबीच आज करिव २ घण्टा भेटवार्ता भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकका एजेन्डाबारे छलफल भएको बताइएको छ।

यसअघि भदौ १३ गतेका लगि तय भएको सचिवालय बैठक कोरोनाभाइरसको प्रकोपका कारण रोकिएको थियो । सचिवालय सदस्य उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम क्वारेन्टिनमा बसेका कारण बैठक सारिएको थियो।

बिहीबारको बैठकमा नेकपा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ।

यस्तै अर्थमन्त्री युवराज खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिने भएपछि नयाँ अर्थमन्त्रीसहित मन्त्रिपरिषद् फेरफेरको विषयमा पनि छलफल गर्ने तयारी भएको छ ।

यस्तै राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य बामदेव गौतमलाई बनाउने गत फागुनको सचिवालय बैठकको निर्णय कार्यान्वयनका  विषयमा पनि ओली-दाहालबीच छलफल भएको स्रोतले बताएको छ ।

ओलीले खतिवडालाई नै फेरि राष्ट्रियसभा सदस्य बनाउने चाहाना राखेको बताइरहँदा उपाध्यक्ष वामदेव गौतमले यसअघि पार्टीले  गरेको निर्णय कार्यान्वयन गर्न दबाब दिएपछि ओली दबाबमा परेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : १८ बजे

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश

परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ – ‘लगानी सम्मेलन सफल भयो’

काठमाडौं – अर्थमन्त्री एवम् लगानी बोर्ड उपाध्यक्ष वर्षमान पुनले लगानी

महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक