व्यवसायीलाई ज्यान मार्ने धम्की दिने पाँच जना पक्राउ | Khabarhub Khabarhub

व्यवसायीलाई ज्यान मार्ने धम्की दिने पाँच जना पक्राउ


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – व्यापारीका रुपमा कार्य गरी अन्य व्यापारी एवं व्यवसायीलाई ज्यान मार्ने धम्की तथा डर त्रास देखाई रकम असुल गर्ने पाँच जनाको समूहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत विहार सीतामणि जिल्ला घर भई विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडाको कारोबार गर्ने २७ वर्षीय राज साह, मोरङको कहटरी गाउँपालिका–२ बस्ने २६ वर्षीय किसन साह, सोही स्थान बस्ने २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी जिल्ला बोदेबर्साइन नगरपालिका–८ काचन बस्ने २७ वर्षीय नन्दकिशोर साहलाई विराटनगर र कटहरीबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।

निजहरुले विगत एक वर्षदेखि विभिन्न व्यापारीलाई डर, त्रास एवं धम्की दिई भीडभाड हुने स्थान विराटनगरको गुद्री बजार, कञ्चाबारीस्थित नोबेल नहर चोकबाट व्यापारीहरुबाट रु एक लाखदेखि चार लाखसम्म लिने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

निजहरुको साथबाट भारतीय र नेपाली गरी रु ९७ हजार १२०, अटोमेटिक पेस्तोल एक र त्यसमा लाग्ने गोली तीन थान, धम्काउने प्रयोग गरिएका विभिन्न कम्पनीका मोबाइल १६, भारतीय बैंकको दुई थान चेक, तीन थान मोटरसाइकल र चक्कु एक थान बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

रविन शर्माले विराटनगर मलाया रोडको नहर छेउबाट एक भारतीयसँग रु एक लाख रकममा पेस्तोल खरिद गरेको बताए । निजहरुले व्यवसायीका घरमा पेस्तोल पड्काई डर, त्रास देखाई रकम माग गर्ने गरेका थिए ।

आरोपीतले विसं २०७७ असार २५ गते बेलुकी ९८४०४१८२३० नं को मोबाइलबाट एक व्यापारीलाई छोटो सन्देश पठाई रु १० लाख माग गरी असार २६ गते रु पाँच लिएका छन् भने २०४७ साल साउन १३ गते बेलुकी ९ बजे ९८४०४१८२३० नं को मोबाइलबाट अर्का व्यापारीलाई फोनबाट धम्की दिई रु १० लाख माग गरेको तथा भदौ १५ गते चाइना बजारका सञ्चालक रामनरेश साहको घरबाट रु ११ लाख चोरी गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

निजहरुले धम्की दिएको एक व्यापारीले दिएको सूचनाका आधारमा आरोपीहरुलाई पक्राउ गरिएको हो । निजहरुले गरेका अन्य आपराधिक कार्यका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निजहरुलाई हातहतियार खरखजाना, आपराधिक लाभ, चोरी तथा सङ्गठित अपराधमा अनुसन्धान कारवाही अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

यसैगरी प्रहरीले विभिन्न समयमा सर्वसाधारण नागरिकको चोरी भएको, हराएको ५३ थान मोबाइल फेला पारी आज सम्बन्धित धनीलाई बुझाइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : ३७ बजे

प्रचण्डले भने- माओवादी र दलाल, नोकरशाही, बिचौलिया सँगसँगै रहन सक्दैनन्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई

मनसुन सङ्कट : पाकिस्तानको पञ्जाब बाढी उच्च सतर्कतामा, १९ हजारलाई सुरक्षित स्थानमा सारियो

लाहोर– मनसुनको नयाँ चरण सुरु हुनुअघि प्रान्तका विभिन्न बाढी प्रभावित

युक्रेनको स्वतन्त्रता दिवसमा रुसमाथि ड्रोन आक्रमण

किएभ– युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ

सुपादेउराली पुग्ने गोरुसिङ्गे-सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

अर्घाखाँची– पूर्व-पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे-सन्धिखर्क सडक विस्तार तथा

१ करोड कट्यो त ‘माग्ने राजा’को व्यापार, अन्य दुईको हालत कस्तो ?

काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आएका तीन फिल्म मध्ये