महामारीकाबीच शेयर कारोबारमा छलाङ, एकैदिन ४ अर्ब बढीको कारोबार « Khabarhub

महामारीकाबीच शेयर कारोबारमा छलाङ, एकैदिन ४ अर्ब बढीको कारोबार


१७ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- कोरोना भाइरसको महामारीका बीच शेयर कारोबारमा उच्च बृद्धि भएको छ ।

धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से २५.५८ अङ्कले बढेर एक हजार ५१०.५७ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.२५ ले बढेर ३०४.६० अङ्कमा पुगेको छ ।

बुधबार कुल चार अर्ब माथिको शेयर कारोबार भएको छ । स्टकका अनुसार बुधबार कुल १८६ कम्पनीका ९६ लाख ८६ हजार नौ कित्ता शेयर रु चार अर्ब १८ करोड १० लाख ३६ हजार ११५ मा खरिदबिक्री भएको छ ।

कारोबार भएका १२ मध्ये दुई उपसमूहको शेयर मात्र ओरालो लागेको छ । बीमा उपसमूहको शेयर घटेको छ । निर्जीवन बीमा १२५.८९ र जीवन बीमा ८८.६८ अङ्कले घटेको छ ।

यस्तै बैंकिङ १९.७८, व्यापार १५.८४, होटल १.०२, विकास बैंक २६.४५, जलविद्युत् ९४.२२, वित्त ७.७५, उत्पादन ३१.४२, अन्य ३७.११, लघुवित्त १७.२८ र सामूहिक लगानी कोषको एकाइ ०.०८ अङ्कले बढेको छ ।

कारोबार रकमका आधारमा बुधबार नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६७ करोड ४२ लाख ४२ हजार २५४ मा खरिदबिक्री भयो ।

यस्तै शिखर इन्स्योरेन्सको रु १७ करोड ७५ लाख २८ हजार ५०२, नेशनल लाइफ इन्स्योरेन्सको रु १६ करोड ५१ लाख ९४ हजार २०६, नेपाल लाइफ इन्स्योरेन्सको रु १५ करोड ७५ लाख ५७ हजार ४५२, नेको इन्स्योरेन्सको रु १४ करोड ६७ लाख पाँच हजार ४०७, लाइफ इन्स्योरेन्स कम्पनी नेपालको रु १४ करोड ६० लाख १३ हजार ६८०, एनआइसी एसिया बैंकको रु ११ करोड ५२ लाख ८० हजार ८४५, शिवम् सिमेन्ट्स लिमिटेडको रु ११ करोड ४८ लाख नौ हजार ७८६, हिमालयन डिष्टिलरीको रु १० करोड ४६ लाख ५८ हजार ५४८ र नेपाल बैंकको शेयर रु आठ करोड ८८ लाख ३९ हजार ३८५ मा खरिदबिक्री भयो ।

बुधबार सबैभन्दा बढी पाँचथर पावर कम्पान्ट, जोशी हाइड्रोपावर रिडी हाइड्रोपावर, युनियन हाइड्रोपावर, अपि पावर, नाग्दी ग्रुप पावर, राधी विद्युत् कम्पनी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयर धनीले सर्वाधिक १०/१० तथा चिलिमे हाइड्रोपावर कम्पनी ९.९८ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९७ प्रतिशतले कमाए ।

यस्तै प्रभु इन्स्योरेन्स ४.४१, प्रुडेन्सियल इन्स्योरेन्स ४.०१, मल्टीप्रपोज फाइनान्स ३.७०, सगरमाथा इन्स्योरेन्स ३.४६, सूर्या लाइफ इन्स्योरेन्स ३.४४, लुम्बिनी जनरल इन्स्योरेन्स ३.३६, नेपाल फाइनान्स ३.२८, नेको इन्स्योरेन्स ३.२६, प्रिमियर इन्स्योरेन्स ३.२३ र एसियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.९६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ८ : ०८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको