पैसा लेनदेनको विवादमा पुजारीको हत्या, पक्राउ परेका दुई जना सार्वजनिक « Khabarhub

पैसा लेनदेनको विवादमा पुजारीको हत्या, पक्राउ परेका दुई जना सार्वजनिक


१७ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पैसा लेनदेनमा विवाद भएपछि रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम साहको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पुजारी साहको हत्यामा संलग्‍न भएको अभियोगमा प्रहरीले रामनरेश पटेल र बालकुमार पटेललाई भारतबाट पक्राउ गरी ल्याएर सार्वजनिक गरेको छ।

उनीहरु दुवैले प्रहरीलाई दिएको बयानमा पुजारीले ब्याजमा दिएको रकम लेनदेनमा विवाद भएपछि गोली हानेर हत्या गरेको स्वीकारेको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताएका छन्।

हत्यामा संलग्‍नमध्ये रामनरेश पटेलका बुवाले पुजारीसँग ब्याज तिर्ने गरी लिएको रकम तिर्ने कुरामा विवाद भएको थियो।

पुजारीले रकम तिर्न दबाब दिएपछि यही भदौ ३ गते राति उनीहरुले पुजारी साहको गोली हानेर हत्या गरेका थिए।

पुजारी साह र हत्यामा संलग्‍न पटेलबीच यसअघि पनि गाउँमा मनमुटाव हुने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्‍नमध्ये रामनरेश र बालकुमारलाई प्रहरीले भारतको बिहार राज्यमा पुगेको अवस्थामा पक्राउ गरेर नेपाल ल्याएको हो।

पुजारीको हत्या भएपछि रौतहटकै देवाही गोदाही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल अझै फरार रहेका छन्।

पक्राउ परेका दुवैजनाविरुद्ध जिल्ला अदालत गौरमा १० दिन म्याद थप गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  १० : ०१ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने