ओली–दाहाल भेटवार्ता :राष्ट्रियसभामा गौतम कि खतिवडा भन्ने विषयमा जुटेन सहमति | Khabarhub Khabarhub

ओली–दाहाल भेटवार्ता :राष्ट्रियसभामा गौतम कि खतिवडा भन्ने विषयमा जुटेन सहमति


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार बेलुकी भेटवार्ता भएको छ।

पार्टीको सचिवालय बैठकको अघिल्लो दिन आज दुई अध्यक्षबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार राष्ट्रियसभामा रिक्त एक सदस्यमा कसलाई पठाउने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको थियो।

उपाध्यक्ष वामदेव गौतम वा डा. युवराज खतिवडा कसलाई राष्ट्रियसभामा पठाउने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल भए पनि सहमति भने हुन सकेन्।

भेटमा ओलीले अहिले डा. खतिवडालाई नै निरन्तरता दिनु पर्ने प्रस्ताव प्रचण्डसामु राखेको प्रचण्डनिकट एक नेताले बताए ।

‘तर, प्रचण्डले यो कुरा मान्नु भएन । फेरि उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जाने इच्छा राखिसकेपछि यो प्रस्ताव मान्ने कुरा पनि त भएन,’ ती नेताले भने, ‘त्यसमाथि गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय यसअघि नै भइसकेको थियो । त्यो निर्णय अब कार्यान्वयन गर्नुको विकल्प छैन ।’

दुई अध्यक्षको कुरा नमिलेपछि बिहीबार बस्ने पार्टीको सचिवालय बैठकले यस बारेमा टुंगो लगाउने बुझिएको छ।

नेकपा उपाध्यक्ष गौतमले राष्ट्रिय सभामा जाने बताएपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन्। ओली भने खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन्।

पार्टी अरु नेताहरुले पनि यसअघि सचिवालय बैठकले नै गौतमलाई राष्ट्रिय सभामा लैजाने भनी गरेको निर्णय कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन्।

आजको भेटवार्तामा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा पनि छलफल भएको छ। नेकपा सचिवालय बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १० : २६ बजे

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी

काठमाडौं– नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरू माग गरेको छ

‘सिद्धान्त नै नमिल्ने दलहरूको सरकारले राजनीतिक स्थिरता कायम गर्न सक्दैन’

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले अहिलेको सरकारले पनि मुलुकमा

श्रममन्त्री भण्डारी र जापानी समकक्षीबीच भेट, श्रम समझदारी कार्यान्वयनबारे छलफल

काठमाडौं– जापान भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह

पक्राउविरुद्ध दुर्गा प्रसाईद्वारा बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट पेश

भट्टराईले ल्याउन सकेनन् स्‍नातक पासको प्रमाण, राजदूतबाट नाम अस्वीकृत गरिँदै

काठमाडौं- संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे