आज पाँच वटा अन्तर्राष्ट्रिय उडान, फर्किए ३४८ नेपाली « Khabarhub

आज पाँच वटा अन्तर्राष्ट्रिय उडान, फर्किए ३४८ नेपाली


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम (नेपाल एयरलायन्स) को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौँ ल्याएको छ ।

निगमले नियमित उडानअन्तर्गत आज काठमाडौं –नारिता गन्तव्यमा पहिलो उडान गरेको हो । निगमको जहाज केही बेरअघि मात्र काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । आजै मालिन्डो एयरले क्वालालम्पुरबाट १३३ यात्रु काठमाडौँ ल्याएको छ ।

कार्गो ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चोङकिङ उडेको छ । कतार एयरवेजले दोहाबाट नौ हजार ३४२ कार्गो नेपाल ल्याएको छ । बिहीबार पनि विभिन्न मुलुकबाट चार अन्तरराष्ट्रिय चार्टर्ड उडान हुँदैछन् । हिमालय एयरलायन्सले क्वालालम्पुर, दोहा र चोङकिङबाट चार्टर्ड उडान गर्दैछ ।

यस्तै अफगानिस्तानबाट युके ४ एयर फोर्सको जहाजले काठमाडौँ गन्तव्यमा चार्टर्ड उडान गर्ने विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ आज विभिन्न एयरलाइन्सका पाँच चार्टर्ड उडान भएका छन् ।

तारा एयरले फाप्लु र रारा, सीता एयरले सिमीकोट, मनाङको हेलीले खोटाङ र एयरडाइनेष्टीले बिर्तामोडमा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १० : ४० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर