घरभित्रै पाइने ११ औषधि « Khabarhub

घरभित्रै पाइने ११ औषधि


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरमा कुनै दुर्घटना वा स्वास्थ्य समस्या आइलाग्ना साथ तत्काल अस्पताल वा डाक्टरकोमा पुग्ने सम्भावना हुदैन ।

यस्तो अवस्थामा हाम्रो आसपासमा पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ । आज हामी सामान्य चोटदेखि पोलेका समस्या घरभित्रै उपचार गर्न सकिने उपाय बारे जानकारी दिदैछौं ।

१. तुलसी
एन्टीबायोटिक गुण भएको तुलसीको कुनै साइडइफेक्ट हुँदैन । यसको सेवनबाट रुघाखोकी, निमोनिया निको हुन्छ । तुलसी सेवनको फाइदै फाइदा छ । कुनै हानी छैन ।

२. बेसार
बेसार आफैमा एन्टिसेप्टिक र एन्टि व्याक्टेरियाजन्य तत्व भएइकाले यसलाई काटेको, जलेको घाउमा यसको प्रयोग गर्दा लाभ मिल्दछ । बेसारले मुटु रोग र क्यान्सरबाट बचाउँछ ।

३. लसुन
एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले चिसो, ज्वरो र फ्लुबाट जोगाउँछ । लसुनको नियमति सेवनले आन्तरिक संक्रमणबाट बचाउँछ । यसको अनगीन्ती फाइदाहरु छन् ।

४. एलोभेरा (घिउकुमारी)
शरीरको छाला जलेमा वा पोलेको घाउँमा घिउकुमारी औषधिको रुपमा प्रयोग गरिन्छ । पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ ।

५. बिटर एलोभेरा (तितो घिउकुमारी)
तितो घिउकुमारी कब्जियत, एपेन्डिसाईटिस र पित्तासयको रोगको उपचारमा प्रयोग गरिन्छ । शरीरमा भएका विषादि हटाउन समेत यसको सेवन गर्न सकिन्छ ।

६. अदुवा
पेटलाई हल्का बनाउनुका साथै बान्ता आउने समस्याको समाधानमा अदुवा उपयोगी हुन्छ । राती एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउछ ।

७. प्याज
जलेको छालामा प्याज दल्दा छालामा आराम मिल्छ । काँचो प्याज खाँदा छालामा चमक आउँछ । प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ ।

८. हींग
श्वासप्रश्वास सम्बन्धी रोगबाट बचाउनुका साथै हींगले पाचनक्रिया मजबुत बनाउछ । यसले रोघाखोकी लाग्नबाट पनि बचाउछ । दाँत दुखाईमा समेत हींग उपयोगी हुन्छ ।

९. जाइफल
जाइफल घोटेर दूधमा मिसाई पिउनाले निद्रा लाग्दछ । तर, एक चौथाईभन्दा बढि भएमा हानिकारक हुन्छ । जीउ दुखेमा, नपुंसकता एवम् शीघ्रपतनमा पनि जाइफल उपयोगी हुन्छ ।

१०. ल्वाङ
ल्वाङले प्राकृतिक पेनकिलरको काम गर्दछ । दाँत दुखाई देखि जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्यामा पनि ल्वाङ फाइदाजनक हुन्छ ।

११. सुकुमेल
रुघाखोकी, घाँटी खसखस भए, भोक नलागे, बान्ता भए, अपच हुने आदि समस्यामा सुकुमेल सेवनले लाभ पुर्याउँछ । ज्वरो आएर जीउ पोलेको छ भने सुकुमेल खानाले सहज हुन्छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ११ : ०१ बजे

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद