घरभित्रै पाइने ११ औषधि | Khabarhub Khabarhub

घरभित्रै पाइने ११ औषधि


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरमा कुनै दुर्घटना वा स्वास्थ्य समस्या आइलाग्ना साथ तत्काल अस्पताल वा डाक्टरकोमा पुग्ने सम्भावना हुदैन ।

यस्तो अवस्थामा हाम्रो आसपासमा पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ । आज हामी सामान्य चोटदेखि पोलेका समस्या घरभित्रै उपचार गर्न सकिने उपाय बारे जानकारी दिदैछौं ।

१. तुलसी
एन्टीबायोटिक गुण भएको तुलसीको कुनै साइडइफेक्ट हुँदैन । यसको सेवनबाट रुघाखोकी, निमोनिया निको हुन्छ । तुलसी सेवनको फाइदै फाइदा छ । कुनै हानी छैन ।

२. बेसार
बेसार आफैमा एन्टिसेप्टिक र एन्टि व्याक्टेरियाजन्य तत्व भएइकाले यसलाई काटेको, जलेको घाउमा यसको प्रयोग गर्दा लाभ मिल्दछ । बेसारले मुटु रोग र क्यान्सरबाट बचाउँछ ।

३. लसुन
एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले चिसो, ज्वरो र फ्लुबाट जोगाउँछ । लसुनको नियमति सेवनले आन्तरिक संक्रमणबाट बचाउँछ । यसको अनगीन्ती फाइदाहरु छन् ।

४. एलोभेरा (घिउकुमारी)
शरीरको छाला जलेमा वा पोलेको घाउँमा घिउकुमारी औषधिको रुपमा प्रयोग गरिन्छ । पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ ।

५. बिटर एलोभेरा (तितो घिउकुमारी)
तितो घिउकुमारी कब्जियत, एपेन्डिसाईटिस र पित्तासयको रोगको उपचारमा प्रयोग गरिन्छ । शरीरमा भएका विषादि हटाउन समेत यसको सेवन गर्न सकिन्छ ।

६. अदुवा
पेटलाई हल्का बनाउनुका साथै बान्ता आउने समस्याको समाधानमा अदुवा उपयोगी हुन्छ । राती एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउछ ।

७. प्याज
जलेको छालामा प्याज दल्दा छालामा आराम मिल्छ । काँचो प्याज खाँदा छालामा चमक आउँछ । प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ ।

८. हींग
श्वासप्रश्वास सम्बन्धी रोगबाट बचाउनुका साथै हींगले पाचनक्रिया मजबुत बनाउछ । यसले रोघाखोकी लाग्नबाट पनि बचाउछ । दाँत दुखाईमा समेत हींग उपयोगी हुन्छ ।

९. जाइफल
जाइफल घोटेर दूधमा मिसाई पिउनाले निद्रा लाग्दछ । तर, एक चौथाईभन्दा बढि भएमा हानिकारक हुन्छ । जीउ दुखेमा, नपुंसकता एवम् शीघ्रपतनमा पनि जाइफल उपयोगी हुन्छ ।

१०. ल्वाङ
ल्वाङले प्राकृतिक पेनकिलरको काम गर्दछ । दाँत दुखाई देखि जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्यामा पनि ल्वाङ फाइदाजनक हुन्छ ।

११. सुकुमेल
रुघाखोकी, घाँटी खसखस भए, भोक नलागे, बान्ता भए, अपच हुने आदि समस्यामा सुकुमेल सेवनले लाभ पुर्याउँछ । ज्वरो आएर जीउ पोलेको छ भने सुकुमेल खानाले सहज हुन्छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ११ : ०१ बजे

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने