२ वर्षीय बालकसहित चितवनमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

२ वर्षीय बालकसहित चितवनमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – २ वर्षीय बालकसहित चितवनमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २४ जना चितवनका र एक जना अर्घाखाँचीका रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले बिहीबार अबेर राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका १३ पुरूष र ४ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ वर्षीय एक बालक र ४ वर्षका २ बालकसहित ६६ वर्षीय पुरूष पनि छन् ।

यस्तै खैरहनीका ५ पुरूष र रत्ननगरका एक पुरूष तथा एक महिला पनि संक्रमित भएका छन् ।

बाँकी एक जना भने अर्घाखाँची सितगंगाकी एक महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ६ : ३० बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट