२ वर्षीय बालकसहित चितवनमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

२ वर्षीय बालकसहित चितवनमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – २ वर्षीय बालकसहित चितवनमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २४ जना चितवनका र एक जना अर्घाखाँचीका रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले बिहीबार अबेर राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका १३ पुरूष र ४ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ वर्षीय एक बालक र ४ वर्षका २ बालकसहित ६६ वर्षीय पुरूष पनि छन् ।

यस्तै खैरहनीका ५ पुरूष र रत्ननगरका एक पुरूष तथा एक महिला पनि संक्रमित भएका छन् ।

बाँकी एक जना भने अर्घाखाँची सितगंगाकी एक महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ६ : ३० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति