बार्सिलोनाले भित्र्यायो अयाक्सका डेस्ट « Khabarhub

बार्सिलोनाले भित्र्यायो अयाक्सका डेस्ट


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस महारथी बार्सिलोनाले अमेरिकी खेलाडी सेर्गिनो डेस्टलाई अनुबन्ध गरेको छ।

बार्सिलोनाले बिहीबार बेलुका डेस्टसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । नेदरल्याण्डको च्याम्पियन टोली अयाक्सबाट बार्सिलोनाले ५ वर्षका लागि उनलाई क्लबमा भित्र्याएको हो ।

बार्सिलोनाले १९ वर्षीय युवा खेलाडी डेस्टलाई २१ मिलियन युरो खर्च गरेर अनुबन्ध गरेको हो । उनलाई लैजान बार्सिलोनाले थप ५ मिलियन युरो खर्च गरेको बताइएको छ ।अब उनी बार्सिलोनामा सन् २०२५ सम्म रहनेछन् ।

डेस्टलाई जर्मन क्लबले नि आफ्नो टीममा आवद्ध गर्ने तयारी गरे पनि बार्सिलोनाको अयाक्ससँगको सम्बन्धका कारण बार्साले भित्र्याएको समाचारहरुमा जनाइएको छ।

अघिल्लो सिजनमा उनले अयाक्सका लागि दुई गोल गरेका थिए भने ६ गोलका लागि अवसर सृजना गरेका थिए । उनले बार्सिलोनाबाट बोल्भ्स गएका नेल्सन सेमेडोको स्थान लिनेछन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ०१ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.