बार्सिलोनाको लगातार दोस्रो जित « Khabarhub

बार्सिलोनाको लगातार दोस्रो जित


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित हात पारेको छ ।

बार्सिलोनाले सेल्टा डि भिगोमाथि सहज जित हात पारेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० ले हराएको हो ।

एवान्का बलाईडोस भिगोमा बिहीबार राति भएको खेलमा बार्सिलोनका लागि युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टोले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

११औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले फिलिपे कौटिन्होको पासमा दुई डिफेन्डरबीचबाट गोल गर्न सफल भएका थिए ।

४२औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । डेनिस सुआरेजमाथि फल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्लेट दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए ।

तर पनि बार्सिलोनाले खेलमा दबाब कायमै राख्यो । ५१औं मिनेटमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा २–० को अग्रता लिन सफल भयो ।

पेनाल्टी बक्सभित्रबाट कप्तान लियोनेल मेस्सीले गरेको प्रहार लुकास ओलाजालाई डिफ्लेक्ट हुदै क्लोज रेन्जबाट गोलमा परिणत भएको थियो ।

५५औं मिनेटमा मेस्सीको पासमा फाती चुके । ५९औं मिनेटमा मेस्सीले गोल गरे पनि भिएआरबाट मान्यता पाएन । उनी अफसाइड पोजिसनमा देखिएका थिए ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।

जितसँगै बार्सिलोनाको दुई खेलबाट ६ अंक जोडेर बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ । पराजित सेल्टा ५ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ६ : ४५ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक