‘कोरोनाविरूद्ध खोप प्रयोगमा आएपछि पनि कम्तिमा ६ महिना जनजीवन सामान्य हुन्न’ « Khabarhub

‘कोरोनाविरूद्ध खोप प्रयोगमा आएपछि पनि कम्तिमा ६ महिना जनजीवन सामान्य हुन्न’


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप प्रयोगमा आइहाले पनि त्यसको प्रभाव देखिन कम्तिमा ६ महिना लाग्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

कोरोना भाइरस महामारीको एक मात्र विकल्पका रुपमा खोपलाई लिइरहँदा नेतृत्वदायी वैज्ञानिकहरुको समूहले खोपको प्रभावकारी प्रयोगमा आएको कम्तिमा ६ महिनाअघि जनजीवन सामान्य नहुने चेतावनी दिएको हो ।

२०० भन्दा बढी खोप निर्माणको चरणमा रहेको तथा ४० भन्दा बढी खोप परीक्षणको विभिन्न चरणमा रहेकाले छिट्टै महामारी नियन्त्रणमा सफलता मिल्ने विश्व स्वास्थ्य संगठनले जनाउँदै आएको छ ।

तर, खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

खोपका विषयमा तथ्यपरक भएर विश्लेषण गर्न जरूरी रहेको उनीहरूको प्रतिबेदनमा औँलाइएको छ । खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्नु पर्ने उनीहरूले सुझाएका छन् ।

इम्पेरियल कलेज लण्डनको नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्युडकी डा.फिओना कलीका अनुसार महामारी अन्त्यका लागि खोपसँग ठूलो आश भए पनि खोप विकासका चरणमा विगतमा भएका धेरै असफलताहरु पनि बिर्सन मिल्दैन ।

बेलायत तथा अमेरिकासहितका देशमा यहि वर्षको अन्त्यसम्ममा केही मानिसले खोप पाउने र जनजीवन सामान्य हुने अपेक्षा गरिरहँदा वैज्ञानिकहरूले निराशाजनक प्रतिबेदन सार्वजनिक गरेका छन् । यद्यपि खोप आएपछि भने विकल्पविहिन अवस्था भने नहुने जनाइएको छ ।

‘खोप विकास भएपछि प्रयोगमा आएको महिना दिन भित्रै सबैले लगाउन पाउँछन् भन्ने हुँदैन,’ इम्पेरियल कलेज लण्डनकी केमिकल इन्जिनियरिङ्ग विभाग प्रमुख निलय शाहले भने, ‘खोप लगाउने प्रक्रिया पूरा हुनका लागि ६ महिनादेखि एक वर्षसम्म लाग्छ । त्यसैले आउँदो मार्चमा जनजीवन सामान्य अवस्थामा फर्किने सम्भावना छैन ।’

 

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : १४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति