च्याम्पियन्स लिगको ड्र सार्वजनिक, मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्ट्स एकै समूहमा « Khabarhub

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्ट्स एकै समूहमा


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अक्टोबर २० बाट सुरु हुन लागेको यूईएफए च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक भएको छ ।

बिहीबार राति सार्वजनिक भएको लिगको खेल तालिका अनुसार विश्व चर्चित फुटबल लियोनल मेस्सी र क्रिष्टीयानो रोनाल्डो आवद्ध बार्सिलोना र युभेन्ट्स एउटै समूहमा रहेका छन् ।

बार्सिलोना र युभेन्ट्स समुह जी मा छन् । उनीहरुसँगै समूह जीमा डाइनामो किभी र फेरेनक्भारोस छन् । यो समूहबाट बार्सिलोना र युभेन्ट्स माथिल्लो चरण पुग्ने अनुमान लगाइएको छ ।

तर, मेस्सी र रोनाल्डोका टीम एकै समूहमा हुँदा खेल रोचक हुने भएका छन् । बार्सा र युभेन्ट्सबीचको खेल नोभेम्बर २३ हुनेछ ।

साविक विजेता बार्यन युनिख, एट्लेटिको मड्रिड साल्ज्बर्ग र लोकोमोटिभ मोस्को समूह ए मा छन् । समूह बी मा रियल मड्रिड, सक्तरडोनेट्के, इन्टर मिलान, बौरुसिया मोनचेन्गलादबाच छन् ।

समूह सी मा पोर्टो, म्यान्चेस्टर सिटी, ओलम्पिकासो  मार्सेल्ले रहेका छन् भने प्रिमियर लिगको साविक विजेता टोली लिभरपुलको समूहमा अयाक्स, एट्लान्टा र मिड्त्जल्लाद छन् ।

समूह ई मा सेभिल्ला, चेल्सी, एफके क्रस्नोदार, रेन्नेस छन् । समूह एफ माजेनीत सेन्ट पिटर्सबर्ग, बौरुसिया डर्टमन्ड, लाजियो र ब्रुगेस छन् ।

यस्तै, समूह एचमा लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन, प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड, आरी लाइपीज्गी र इस्तानबुल बसासेहिर छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ८ : १० बजे

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

काठमाडौं – फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी

निर्वाचन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल फागुन १८ गते सोमबार फागुन

आज २०८२ साल फागुन १८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १८ गते सोमबार फागुन