निःशुल्क भिसा नवीकरण गर्ने यूएईको निर्णय, ओभरस्टे बापतको जरिवाना नलाग्ने « Khabarhub

निःशुल्क भिसा नवीकरण गर्ने यूएईको निर्णय, ओभरस्टे बापतको जरिवाना नलाग्ने



दोहा- यूएईमा मार्च १ पछिको भिसा अवधि सकिएकाको निःशुल्क नवीकरण हुने भएको छ ।

गत मार्च १ देखि जुलाई १२ सम्म भिसाको अवधि सकिएकाले अझै १० दिन अर्थात अक्टोबर १० सम्म बिना शुल्क भिसा र बसोबासको अनुमति नवीकरण गर्न सकिने गल्फ न्यूजले जनाएको छ ।

भिसा अवधि सकिएका आप्रवासी श्रमिकले दश दिनभित्र भिसा नवीकरण गरेमा ओभरस्टे बापतको जरिवाना तिर्न नपर्ने जनाइएको छ ।

यस्तै जुलाई १२ भन्दा पछि भिसाको अवधि सकिएकाले पनि अबको एक महिनाभित्र भिसा नवीकरण गर्न सक्नेछन् ।

दुबईस्थित आमर विभागका निर्देशक मेजर सलीम बिन अलीका अनुसार कोरोना महामारीका कारण नियमहरू परिवर्तन हुँदैछन् । कुनै पनि परीक्षणका लागि आमेर कल सेन्टरहरू सम्पर्क गर्न सकिने जनाएका छन् ।

नयाँ नियम र निर्णयहरू बारे आधिकारिक च्यानलहरूबाट मात्र सही जानकारी लिन पनि उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ०१ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी