देउखुरीलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव, बुटवलमा विरोध प्रदर्शन « Khabarhub

देउखुरीलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव, बुटवलमा विरोध प्रदर्शन



बुटवल- प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउन प्रदेशसभामा प्रस्ताव पेश भएपछि बुटवलमा विरोध प्रदर्शन सुरु भएको छ ।

प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी र नामसम्बन्धी प्रस्ताव पेश गरेका थिए । प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी हुने र स्थायी राजधानी दाङको देउखुरीमा हुने निर्णय गरेको थियो । सोहीअनुसार प्रदेश सभामा प्रस्ताव पेश भएको हो ।

प्रदेश सभामा प्रस्ताव पेश भएपछि विपक्षी दल नेपाली कांग्रेको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ विरोध प्रदर्शनमा उत्रेको छ । नेविसंघका कार्यकर्ताहरुले प्रदेश सभा भवनअगाडि टायर बालेर विरोध प्रदर्शन गरेका थिए । केही आन्दोलनकारीहरुले सरकारी गाडीमा तोडफोड गरेका छन् ।

प्रदेश ५ को राजधानी बुटवल हुने कि दाङ भन्नेमा विवाद थियो । सत्तारुढ नेकपाभित्रै पनि दुई पक्षको टकराव थियो । दाङका बासिन्दा रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा स्थायी राजधानी बनाउन चाहन्थे भने महासचिव विष्णु पौडेल बुटवलमै राख्न चाहन्थे ।

स्रोतका अनुसार केन्द्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति भएपछि प्रदेश ५ मन्त्रिपरिषदले निर्णय गरी प्रदेश सभामा प्रस्ताव पेश गरेको हो ।

कोरोना कहर र नजिकिँदो चाडपर्वका कारण आफ्नै ढङ्गले व्यस्त बुटवलमा प्रदेश राजधानीको विषय सार्वजनिक भएपछि माहौल तातेको छ । धेरैले सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया जनाएका छन् । सडकमा विरोध प्रदर्शन हुन थालेपछि ठूलो संख्यामा प्रहरी खटाइएको छ । प्रदेश राजधानीको विषयलाई लिएर धेरै बहस चल्दै आएको छ ।

राजधानीको विषयले बढ्न सक्ने असन्तुष्टि र विरोध प्रदर्शनको सम्भावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको र थप सुरक्षाकर्मीको प्रबन्ध गरिएको जनाइएको छ ।

सात प्रदेशम्ये चार वटाले नाम राजधानी टुङ्गो लगाइसकेका छन् । प्रदेश १ ले विराटनगरलाई राजधानी तोके पनि नाम टुङ्गो लागेको छैन । प्रदेश २ मा कुनै टुङ्गो लागेको छैन, प्रस्ताव नै तयार भएको छैन । प्रदेश ५ मा शुक्रबार प्रस्ताव पेश भएको छ ।

नेपाली कांग्रेस रुपन्देहीले विपक्षी दलसँग छलफल नगरी र बहुसंख्यक जनताको भावना कुल्चिँदै सरकारले प्रदेश सभामा प्रस्ताव पेश गरेको आरोप लगाएको छ । उक्त प्रस्तावको विरोधमा कडा आन्दोलन गर्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ५ : ५१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले