देउखुरीलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव, बुटवलमा विरोध प्रदर्शन « Khabarhub

देउखुरीलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव, बुटवलमा विरोध प्रदर्शन



बुटवल- प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउन प्रदेशसभामा प्रस्ताव पेश भएपछि बुटवलमा विरोध प्रदर्शन सुरु भएको छ ।

प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी र नामसम्बन्धी प्रस्ताव पेश गरेका थिए । प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी हुने र स्थायी राजधानी दाङको देउखुरीमा हुने निर्णय गरेको थियो । सोहीअनुसार प्रदेश सभामा प्रस्ताव पेश भएको हो ।

प्रदेश सभामा प्रस्ताव पेश भएपछि विपक्षी दल नेपाली कांग्रेको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ विरोध प्रदर्शनमा उत्रेको छ । नेविसंघका कार्यकर्ताहरुले प्रदेश सभा भवनअगाडि टायर बालेर विरोध प्रदर्शन गरेका थिए । केही आन्दोलनकारीहरुले सरकारी गाडीमा तोडफोड गरेका छन् ।

प्रदेश ५ को राजधानी बुटवल हुने कि दाङ भन्नेमा विवाद थियो । सत्तारुढ नेकपाभित्रै पनि दुई पक्षको टकराव थियो । दाङका बासिन्दा रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा स्थायी राजधानी बनाउन चाहन्थे भने महासचिव विष्णु पौडेल बुटवलमै राख्न चाहन्थे ।

स्रोतका अनुसार केन्द्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति भएपछि प्रदेश ५ मन्त्रिपरिषदले निर्णय गरी प्रदेश सभामा प्रस्ताव पेश गरेको हो ।

कोरोना कहर र नजिकिँदो चाडपर्वका कारण आफ्नै ढङ्गले व्यस्त बुटवलमा प्रदेश राजधानीको विषय सार्वजनिक भएपछि माहौल तातेको छ । धेरैले सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया जनाएका छन् । सडकमा विरोध प्रदर्शन हुन थालेपछि ठूलो संख्यामा प्रहरी खटाइएको छ । प्रदेश राजधानीको विषयलाई लिएर धेरै बहस चल्दै आएको छ ।

राजधानीको विषयले बढ्न सक्ने असन्तुष्टि र विरोध प्रदर्शनको सम्भावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको र थप सुरक्षाकर्मीको प्रबन्ध गरिएको जनाइएको छ ।

सात प्रदेशम्ये चार वटाले नाम राजधानी टुङ्गो लगाइसकेका छन् । प्रदेश १ ले विराटनगरलाई राजधानी तोके पनि नाम टुङ्गो लागेको छैन । प्रदेश २ मा कुनै टुङ्गो लागेको छैन, प्रस्ताव नै तयार भएको छैन । प्रदेश ५ मा शुक्रबार प्रस्ताव पेश भएको छ ।

नेपाली कांग्रेस रुपन्देहीले विपक्षी दलसँग छलफल नगरी र बहुसंख्यक जनताको भावना कुल्चिँदै सरकारले प्रदेश सभामा प्रस्ताव पेश गरेको आरोप लगाएको छ । उक्त प्रस्तावको विरोधमा कडा आन्दोलन गर्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ५ : ५१ बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक