सरकार अभिभावक बन्नेछः मन्त्री अर्याल « Khabarhub

सरकार अभिभावक बन्नेछः मन्त्री अर्याल


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई अभिभावकविहीन भएको महसुश हुन नदिने बताएकी छिन् ।

स्याङ्जाको वालिङ – ­१४ तमादीमा आज आयोजित श्रद्धाञ्जलिसभामा मन्त्री अर्यालले पहिराले पुरिएर नौ जनाको ज्यान गएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई कहिल्यै पनि अभिभावकको कमी भएको महसुस हुन नदिने बताएकी हुन् ।

मन्त्री अर्यालले भनिन्, “परिवार गुमाउनुको पीडालाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्नुपर्छ । भोलि रुने दिन आउन दिंदैनौँ सरकार यहाँहरुको साथमा छ ।”

पहिला घर भएको ठाउँमा अब बस्न नहुने भएकाले घर बनाउनका लागि सरकारले सहयोग गर्ने मन्त्री अर्यालले बताइन् ।

असोज ८ गते बिहान माया नेपालीको घर माथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरसमेत भत्किएपछि बाँकी बचेका परिवारका सदस्यले विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ३५ बजे

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६