कोरोनाले ज्यान जानेको संख्या १२ लाख नाघ्यो, पछिल्लो २४ घण्टामा युरोपमा धेरैको मृत्यु | Khabarhub Khabarhub

कोरोनाले ज्यान जानेको संख्या १२ लाख नाघ्यो, पछिल्लो २४ घण्टामा युरोपमा धेरैको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३०० को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ५ हजार ४६ को मृत्यु भएको छ ।

मृतकमध्ये पछिल्लो २४ घण्टामा युरोपेली मुलुकमा सबैभन्दा धेरै १ हजार ९४६ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ६७ हजार ४९३ पुगेको छ ।

संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा फेरि संक्रमित र मृतक संख्या बढ्दै गएको हो ।

विश्वभर एकै दिन ४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा युरोपका मात्रै ५१ प्रतिशत संक्रमित अर्थात् २ लाख २४ हजार १२२ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३६ हजार ७०७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ४ करोड ६८ लाख नाघेको छ ।

संक्रमितमध्ये ३ करोड ३७ लाख ४८ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड १८ लाख ५० हजार ६०२ मध्ये १७ हजार २०५ को अवस्था गम्भीर छ ।

दोस्रो लहरको संक्रमण फैलने क्रम उच्च भएपछि युरोपेली मुलुकहरूमा कडिकडाउ गरिएको छ ।

कतिपय मुलुकहरूले निषेधाज्ञा गरेका छन् भने कयौँले लकडाउन गरेका छन् ।

अष्ट्रिया र पोर्चुगलमा निषेधाज्ञा गरिएको छ । अष्ट्रियामा राति ८ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालिन कर्फ्यूसमेत जारी गरिएको छ ।

पोर्चुगलमा अत्यावश्यक सेवा तथा कलेजहरू खुला रहेनछन् । अरू क्षेत्र भने बन्द रहने निर्णय गरिएको छ । अत्यावश्यक नपरी बाहिर हिँडडुल नगर्न आग्रह गरिएको छ

फ्रान्समा शुक्रबारदेखि नै लकडाउन गरिएको छ । इटाली लगायतका मुलुकमा पनि आंशिक प्रतिबन्धहरू कायम भएका छन् ।

बेलायतले पनि लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : ४६ बजे

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

म्याग्दी– सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद

काठमाडौं महानगरले भन्यो : सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्नू

काठमाडौं – काठमाडौं महानगरपालिकाले सूचना सार्वजनिक गर्दै सात दिनभित्र अतिक्रमित

झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

हेटौँडा– बिहानको झिसमिसे उज्यालोमा  बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा केही मानिसहरू

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौं– बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका